९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ

राजावादीले फैलाउन खोजेको भ्रमबारे जनतालाई बुझाउनुपर्ने समय आयोः अध्यक्ष पुष्पकमल दाहाल

राजावादीले फैलाउन खोजेको भ्रमबारे जनतालाई बुझाउनुपर्ने समय आयोः अध्यक्ष पुष्पकमल दाहाल
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादीले फैलाउन खोजेको भ्रम र जालझेलबारे जनतालाई बुझाउनुपर्ने समय आएको बताउनुभएको छ ।

आईतवार योङ कम्युनिष्ट लिगको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिगमनकारीहरुले अहिले राजाका बारेमा तर्क गर्न थालेकाले तदारुकताका साथ प्रतिवाद गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले प्रतिगमनविरुद्ध संस्थागत पहल नहुँदा छाडा हुन थालेको भन्दै नारायणहिटी हत्याकाण्ड, नविता, विनिता बलात्कार र हत्या, मूर्ति चोरेर विदेश पु¥याउने को हुन् भनेर जनतालाई बुझाउनुपर्ने समय आएको स्पष्ट पार्नुभयो । यथास्थितिवाद र प्रतिगमनकाविरुद्ध वैचारिक रुपले गाउँगाउँ, टोलटोल र घरघरमा पु¥याउनुपर्ने समय आएको अध्यक्ष दाहालको भनाई थियो । उहाँले संविधानको अपनत्व र स्वामित्व रक्षाका लागि उभिनेसँग भोलिका दिनमा तालमेल हुनसक्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘हरेक पटक वाइसिएल नेपालका भेला वा सम्मेलनमा उपस्थित हुँदै गर्दा उर्जा, भरोशा र आशा जाग्ने गर्दछ । आजपनि हामीलाई उर्जा प्रदान गरेको छ । वाइसिएल नेपाललाई हामीले सहायक संगठटनको रुपमा व्याख्या गर्नुभयो । यो अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा स्थापित भएको मान्यता मात्र हो । सहायक संगठन मात्र होइन, यसलाई कम्युनिष्ट पार्टीको उत्तराधिकारीहरुको संगठन पनि भनेर चिन्नुपर्छ । कम्युनिष्ट नेताहरु तयार पार्ने कारखानाको रुपमा पनि वाइसिएललाई चिनिन्छ । सहायक संगठनमात्र हैनौं नेता बन्ने तयारीमा छौं भनेर बुझ्नु नै वाइसिएलको भुमिका र जिम्मेवारीलाई आत्मसात गर्न आग्रह गर्न चाहन्छु । मैले २०३८ सालमा भएको युवाहरुको भेलाबाट नेतृत्वमा आएदेखि जे बुझे, जे भोगे, त्यसको नेतृत्व हुँदै पार्टी नेतृत्वमा जाने उपक्रम म आफैंले भोगेको छु । त्यसबाट हेर्दा पनि पार्टीका आउँदा दिनका नेताका रुपमा बुझ्छु । तपाईहरु सबैले आपूmलाई नेता बन्नेबाटोमा अगाडि सार्नुहुनेछ भनेर अनुरोध गर्न चाहन्छु । मैले भन्ने दुई तिनवटा कुरा थोरै विचारका कुरा हामीले विचार र राजनीति यान्त्रिक हुँदैन । देशकाल परिस्थितिअनुसार वर्ग संघर्ष, राजनीतिक संघर्ष हुँदै जान्छ । हामीले हिजो जनयुद्धको तयारी गर्दा या अगाडि बढ्दै गर्दा होस् । जनआन्दोलनपछिका घटनाक्रममा होस् । हामीले हिजो भनेको भन्दा अलि नौलो तरिकाले क्रान्ति अघि बढ्यो । तर, माक्र्सवादले भनेकोजस्तै, या लेनिनले प्रत्येक देशमा क्रान्ति आआफ्नै ढंगले हुन्छ । क्रान्ति कुनै नक्कलअनुसार हुँदैन । विकासको प्रकृतिअनुसार नै क्रान्तिले आफ्नो बाटो बनाउँदै लान्छ । क्रान्ति एउटा सही विचार र नीतिको आधारमा जनताले गर्ने महान जनकार्य हो । हाम्रो देशमा नयाँ जनवादी क्रान्ति हामीले सोचेजस्तो भएन । तर, पुँजीवादी जनवादी क्रान्ति सफल भएन । निरंकुश तन्त्रको अन्त्यसँगै जो परम्परागत संसदीय व्यवस्था होइन ।’

‘यथास्थितिवादीले के भनेका छन् भने संघीय लोकतान्त्रिक व्यवस्थापनि संसदीय व्यवस्था जस्तै हो भनेर व्याख्या गर्ने कोसिस गरिरहेका छन् । यो सर्वहारा वर्गको नेतृत्वमा, मूल रुपमा कम्युनिष्ट पार्टीको भूमिकामा समानुपातिक, समावेशी व्यवस्था हो । र, यथास्थितिबादीले प्रतिक्रियावादीहरुले यसलाई विसुद्ध संसदीय व्यवस्थाको रुपमा अघि बढाउने अभ्यास गरिरहेकोले यस बारेमा अहिले प्रतिवाद गर्नु जरुरी छ । मौलिक अधिकारको रुपमा अन्य जे जस्ता अधिकारको व्यवस्था गरिएको छ । त्यो परम्परागत संसदीय व्यवस्थामा कहिँ कतै समेटिएको छैन । र, यो हामीले सोचेजस्तो नौलो जनवादी व्यवस्था पनि हैन । संक्रमणकालिन संघीय गणतान्त्रिक व्यवस्था रहेको छ । हामी अहिले राम्रोसँग विवेक पुराउन सकियो भने देश एउटा युगान्तकारी युगमा पुग्ने नै भयो र त्यसको जिम्मेवारी हामी क्रान्तिकारीहरुले लिनुनै पर्ने भयो । चुनवाङ बैठकपछि त्यतिबेलाका पार्टीहरुसँग हाम्रा वार्ताहरु भए समावेशी प्रतिनिधित्वका लागि भएका बहसपछि त्यसैका आधारमा शान्तिसम्झौता भएको हो । संघीय लोकतान्त्रिक गणतन्त्र संसदवादी पार्टीहरुसँग मिलेरमात्र आउँछ । माओवादी एक्लैले काठमाडौं कब्जा गरेर मात्र आउँदैन, त्यसैले अलिकति घुम्तिबाटोमा जानु छ भनेर नै हामी त्यो बाटोबाट जानुपर्छ भनेका हौं । आज हामीले यथास्थितिबाद र प्रतिगमनका विरुद्ध संघर्ष गर्नुपरिरहेको छ । राजनीतिक संघर्षको पनि निकै पेचिलो र जटिल अवस्थाबाट नेपाली समाज गुज्रिदैछ । यकातिर यथास्थितिवादविरुद्ध लड्नुपरेको छ भने अर्कोतिर प्रतिगमनविरुद्ध लड्नुपर्ने अवस्था छ । हामीले यो संविधानमा हाम्रो अपनत्व, स्वामित्वको रक्षाका लागि उभिनेसँग आगामी दिनमा तालमेलपनि हुनसक्छ ।’

‘गणतन्त्र संरक्षण गरिदिएको भरमा भ्रष्टाचारलाई संरक्षण गर्ने, सुशासन दिन नसक्ने सरकारको कामकारबाही कुनै हालतमा स्वीकार्य हुनसक्दैन । एकतातिर यथास्थितिवादी धार जो अहिलेको सरकारमा रहेकाहरुले गरिरहेका छन् भने त्यसकाविरुद्ध बलियो जवाफ दिँदै आएका छौं र आगामी दिनेनै छौं । भ्रष्टाचारविरोधी अभियान, सामाजिक न्यायको अभियान, हामीले सुरु गरेको अन्तर्राष्ट्रिय सम्बन्ध सुधार्ने अभियानमा यथास्थितिवादी र प्रतिगमनकारीले भ्रम फैलाउने काम गरिरहेको छ । यथास्थितिवाद र प्रतिगमनका विरुद्ध बैचारिक क्षेत्र र गाउँ गाउँ, टोल टोल र घरघरमा पुराउनुपर्ने समय आएको छ । अहिले जसरी प्रतिगमनकारीहरुले राजाको बारेमा तर्क गर्न थालेका छन् । तर, तदारुकताकासाथ प्रतिवाद गर्ने विषयमा संस्थागत पहल नगर्दा छाडा हुन थालेका हुन् कि भन्ने परेको छ । हिजो २५० वर्षसम्म शासन गरेर के दियो । नारायणहिटी हत्याकाण्ड के हो ? भन्ने कुरा भन्न छाडेका थियौं । तर, राजा भनेका हत्यारा र बलात्कारी हुन् । मुर्ती चोरेर विदेश पुराउनेपनि यिनै हुन् । तस्करहरु को हुन् ? नारायणहिटी दरबार हत्याकाण्डका नाइके को हुन् ? भनेर जनतालाई अब बुझाउने समय आएको छ । विकासका विषयमा पनि तथ्यसहित जनतालाई बुझाउनुपर्ने समय भयो । त्यसैले राजावादीले फैलाउन खोजेका भ्रम र जालझेलबारे जनतालाई बुझाउनैपर्ने भएको छ ।’

अध्यक्ष दाहालले माओवादीविरुद्ध यथास्थितिवादी र प्रतिगमनकारीले भ्रम फैलाउने काम गरिरहेको आरोपसमेत लगाउनुभएको छ ।