९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ

बच्चा कोरल्दै आगन्तुक चरा

बच्चा कोरल्दै आगन्तुक चरा
अ अ+ अ-

चितवन । गर्मी छल्न र प्रजननका लागि यहाँ आएका आगन्तुक चराले बच्चा कोरल्न थालेका छन् । गत फागुनदेखि यहाँ आउन सुरु गरेका अधिकांश चराले वैशाख र जेठमा बच्चा कोरल्ने गर्दछन् ।

‘वर्ड एजुकेसन सोसाइटी’ बागमती प्रदेशका अध्यक्ष वासु विँडारी वास्तविक तथ्याङ्क नभए पनि ६० देखि ८० प्रजातिका आगन्तुक चरा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा यो मौसममा आएको बताउनुहुन्छ । ती चराले बच्चा कोरलेर आफूसँगै लैजाने उहाँको भनाइ छ । बच्चा उड्नसक्ने भएपछि भदौ र असोजमा ती चरा आफ्नो गन्तव्यमा फर्कने गर्दछन् ।

विश्वमा ११ हजारभन्दा बढी प्रजातिका चरा पाइने तथ्याङ्क छ । त्यसमध्ये ४० प्रतिशत हाराहारीले बसाइँसराइ गर्ने विँडारी बताउनुहुन्छ । उहाँका अनुसार यस क्षेत्रमा वर्षमा दुई पटक आगन्तुक चरा आउने गर्दछन् । जाडो र गर्मीमा ती चरा आउने गर्दछन् । जाडो छल्न आउने चराले यहाँ बच्चा कोरल्दैनन् । नेपालमा विश्वका अनेकौँ ठाउँबाट चरा बसाइँसराइका लागि आउने गर्छन् । जाडो मौसममा रसियाको साइबेरिया र मङ्गोलियाबाट नेपाल हुँदै भारतसम्म ती चरा पुग्ने उहाँले जानकारी दिनुभयो ।

गर्मीमा यहाँ आउने चरा भारत, श्रीलङ्का, दक्षिण–पूर्वी एशियाली मुलुक र अफ्रिकाबाट आउने गर्दछन् । यी चरा नदी तटीय, वन र घाँसे मैदानमा रमाउने गर्दछन् । विँडारीका अनुसार यो समयमा कोइली, स्वर्गचरी, सुनचरी र बकुल्ला प्रजाति धेरै हुने गर्दछन् ।

वर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष विजय गिरी यो मौसममा सुन्दर प्रजातिका चरा आउने भएकाले यहाँ घुम्न आउने पर्यटकले चरा अवलोकन गर्न पाउने बताउनुहुन्छ । रुख र झाडीमा बनाइएका गुँडमा भर्खर कोरलेका चराका बच्चाहरु देख्न सकिने उहाँको भनाइ छ । फागुनदेखि यहाँ आएका आगन्तुक चराले बच्चा कोरले असोजसम्ममा फर्किसक्ने उहाँले जानकारी दिनुभयो । नेपालमा ९०० प्रजातिका चरा पाइन्छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ६५२ प्रजातिका चरा पाइने गरेका छन् ।