१० असार २०८२, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहद्वारा करिब रु आठ अर्बको बजेट प्रस्तुत ‘शिक्षाको अवस्था सुधार्न स्थानीयतहको पहलकदमी आवश्यक छ’ अध्यक्ष दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता ‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’ आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ९१ करोड राजस्व सङ्कलन हेटौँडा उपमहानगरपालिकाको बजेट दुई अर्ब ९० करोड वीरेन्द्रनगरद्वारा चार अर्ब ३८ करोड बजेट विनियोजन ‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’ भिजिट भिसा छानबिनमा वैरागी नेतृत्व अस्वीकार्य : रास्वपा दिक्तेल रुपाकोट मझुवागढीको बजेट सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेकुवा पोल्न घरको छतमा बालेको आगो देखेर छिमेकीले दमकल बोलाएपछि…



अ+ अ-

काठमाडौँ । सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ ।

सार्वजनिक भिडियोमा ललितपुर महानगरपालिकाको दमकल पाँच तले घरको छतमा आगो बलिरहेको स्थानतर्फ पुग्छ ।

भिडियोमा एक पुरुष भन्छन्, “ल हेर्नुहोस्, यस्तो पनि आगलागी हुन्छ ? यहाँ आगो ताप्न के बालेको थियो, दमकल नै बोलाइ दिइसकेछन् । अब पेट्रोल खर्च भएन ? यसको पेट्रोल खर्च कसले तिर्छ ? सरकारले तिर्छ जस्तो त मलाई लाग्दैन ।”

उक्त भाइरल भिडियो १५ गते बेलुकातिर इमाडोलमा लिइएको हो । बेलुका ७ बजेतिर इमाडोलको घरमा आगलागी भएको भनेर महानगरमा कल आएको थियो । त्यसपछि महानगरले तत्कालै दमकल र अग्नि नियन्त्रकलाई पठायो ।

तर इमाडोल पुग्दा भने दृश्य अर्कै बन्यो । सेकुवा पोलेर खानको लागि आगो बालिएको थियो । छिमेकीहरूले आगो लाग्यो भन्ने ठानेर दमकललाई खबर गरेका थिए ।

भिडियोमा सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले आगलागी नै नभइकन दमकल बोलाएको भन्दै हाँस्यास्पद कमेन्टहरु गरेका छन् । कतिपयले ‘घरमा सेकुवा पोलेर खानुपर्ने वातावरण समेत नभएको’ भन्दै कमेन्ट समेत गरेका छन् ।