५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल

इन्टरलाई हराउँदै पिएसजीले जित्यो च्याम्पियन्स लिगको उपाधि

इन्टरलाई हराउँदै पिएसजीले जित्यो च्याम्पियन्स लिगको उपाधि
अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जितेको छ ।

भर्खरै सम्पन्न फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई ५-० गोलले हराउँदै पिएसजी पहिलोपटक च्याम्पियन बनेको हो ।

जर्मनीको म्युनिखमा भएको फाइनल खेलमा पिएसजीलाई उपाधि दिलाउन डिजाइर डोएले दुई तथा अच्रफ हाकिमी, ख्भिचा क्भारात्स्खेलिया र सेन्नी माउलुले एक-एक गोल गरे ।

खेलको १२ औं मिनेटमा हाकिमीले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए । भिटिन्हाले उपलब्ध गराएको पासमा हाकिमिले ट्यापिङ गर्दै वान टचमा सहजै गोल गरे ।

खेलको २० औं मिनेटमा पिएसजीले अग्रता दोब्बर पार्यो । डिजाइर डोएले गोल गर्दै टोलिको अग्रता दोब्बर पारेका हुन् ।

काउन्टरमा अगाडि बढेको पिएसजीका ओस्माने डेम्बेलेले उपलब्ध गराएको पासमा डोएले छातीले बललाई नियन्त्रणमा लिएर प्रहार गरेको बल इन्टरका डिफेन्डर डिमार्कोलाइ लागेर गोलमा परिणत भयो । इन्टरका गोलकिपर यान सोमरले बल रोक्ने कुनै मौका पाएनन् ।

६३ औं मिनेटमा डोएले व्यक्तिगत दोस्रो तथा टोलिका लागि तेस्रो गोल गर्दै पिएसजीलाई ३-० ले अघि बढाए । भिटिन्हाले उपलब्ध गराएको पासमा उनले गोल गरे ।

यता, ७३ औं मिनेटमा ख्भिचा क्भारात्स्खेलियाले गोल गर्दै पिएसजीलाई ४-० ले अघि बढाए । एकपक्षीय बनेको खेलमा डेम्बेलेले दिएको पासको सदुपयोग गर्दै ख्भिचाले गोल गरेका हुन् ।

८६ औं मिनेटमा सेन्नी माउलुले गोल थप्दै पिएसजीलाई ५-० को फराकिलो जित दिलाए । उत्कृष्ट लयमा रहेको पिएसजीले यो उपाधिसँगै चार वटा उपाधि जित्न सफल रह्यो । उसले लिग वान, च्याम्पियन्स लिग, कप दि फ्रान्स र ट्रफि डेस च्याम्पियन्स जितेको हो ।