५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोलखामा बाग्मती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु



अ+ अ-

दोलखा। बाग्मती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि दोलखामा सुरु भएको छ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आज यहाँ आयोजित एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

पूर्वगृहमन्त्रीसमेत रहनुभएका सिटौलाले सबै राजनीतिक दल र नेताहरू जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने धारणा राख्नुभयो । लोकतान्त्रिक पद्धतिमा दलहरूबीच स्वस्थ प्रतिस्पर्धा स्वाभाविक रहेको जनाउँदै उहाँले नेतृत्वमा रहेका सबै जनताप्रति पारदर्शी र जवाफदेही बन्नुपर्नेमा जोड दिनुभयो ।

नेता सिटौलाले दलसँगको समन्वय र सहकार्यमा संविधान संशोधन हुने बताउनुभयो । देशको अर्थतन्त्र चलायमान बनाउँदै मुलुकलाई समृद्ध बनाउन सबैबीच सहयोग र सहकार्यको भावना विकसित हुनुपर्नेमा जोड दिनुभयो ।

नेपालले खेलकुदका क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा ख्याति प्राप्त गर्दै आएको उल्लेख गर्दै नेता सिटौलाले सङ्घीय सरकारले पनि खेलकुद क्षेत्रका लागि आगामी आर्थिक वर्षमा बजेट वृद्धि गरेको जानकारी दिनुभयो ।

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले खेलकुद क्षेत्रलाई प्रदेश सरकारले प्राथामिकताका साथ अघि बढाउँदै गएको बताउँदै आगामी आर्थिक वर्ष २०८२÷८३ मा खेलकुद क्षेत्रका लागि बजेट वृद्धि गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनको सभापतित्वमा सम्पन्न प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका नेता छिरिङ लामाले पनि आफ्नो धारणा राख्नुभएको थियो ।

तीन दिनसम्म सञ्चालन हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते र उसु गरी छ विधाका खेल हुने प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा प्रदेशका १३ जिल्लाबाट ११३ जना खेलाडी सहभागी छन् ।

आजै नेता सिटौलाले नेपाली कांग्रेसको दोलखा भीमेश्वर नगरपालिका–६ स्थित चरिकोट बजारमा निर्माण हुन लागेको पार्टी कार्यालय भवनको शिलान्यास पनि गर्नुभयो । रासस