१५ असार २०८३, सोमबार
,
Latest
पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभरेष्ट बैंकद्वारा वृक्षारोपण



अ+ अ-

काठमाडौं । एभरेष्ट बैंक लि. ले आफ्नोसामाजिक उत्तरदायित्व अन्तर्गत वातावरणको संरक्षणका लागि टेकु क्षेत्र, काठमाडौं महानगरपालिका, वडा नं. १२ को वरिपरि वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। यस वृक्षारोपण कार्यक्रम, एभरेष्ट बैंक लि.,काठमाडौं महानगरपालिका वडा नं.१२ को कार्यालयर PDSS नेपालकोे समन्वयमा सम्पन्न भएको छ। एभरेष्ट बैंकले जनहितका लागि सधैँ विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।“Service with Smile” को नारा अन्तर्गत आफ्ना ग्राहकहरुको फाइदा र सन्तुष्टिको लागि पनि सधैँ तत्पर रहेको छ ।

वृक्षारोपण कार्यक्रमको उद्घाटन बैंकका डी.जी.एम डा.सन्धीर कुमार र वडा नं. १२ का वडा अध्यक्ष श्री.विकास डंगोलले संयुक्त रुपमा बैंकका अधिकारीहरु का साथै PDSS नेपालका टिमको उपस्थितिमा गर्नु भएको छ ।

हाल एभरेष्ट बैंकको ग्राहकहरुको संख्या बैंकिङ्ग् क्षेत्रमा सबैभन्दा धेरै ११ लाख भन्दा बढी रहेको छ । एभरेष्ट बैंकलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो। यसबाहेक, बैंकले हालसालै CAMEL अन्तर्गत वाणिज्य बैंकहरूको बीचमा सबै भन्दा राम्रो मूल्याङ्कन गरिएको बैंकको रूपमा चयन भएको छ। हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राजस्व संकलन काउन्टरहरु र १२३ स्थानमा ATM रहेका छन्। आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत एभरेष्ट बैंकले पेशेवर र दक्ष बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।