६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशैभरका नदीमा बहाव बढ्ने पूर्वानुमान, सतर्कता अपनाउन आग्रह



अ+ अ-

काठमाडौँ । आउँदो बिहीबारदेखि देशका विभिन्न ठूला नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन स्थानीयवासीलाई आह्वान गरिएको छ । मनसुन सक्रिय रहेकाले वर्षा हुने क्रम निरन्तर जस्तै छ । नदी, खोला र खहरेमा बाढी बढेकाले त्यसबाट हुने जनधनको क्षति कम गर्न र सतर्क रहन सरकारले अपिल गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले यही असार २५ गतेदेखि देशैभरका नदीमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । त्यसैगरी असार २७ देखि २९ गतेसम्म विभिन्न नदीमा उच्च बहावको सम्भावना छ । नारायणी, कन्काई, कोसी, कमला, बाग्मती, तिनाउ, पश्चिम राप्ती, बबई तथा यिनका सहायक नदीमा बहावले सतर्कता तह पार गर्ने सम्भावना औँल्याइएको छ ।

प्रदेश १ र २ तथा चुरे एवम् तराईका सबै नदीको बहावले सतर्कता तह पार गरी केही नदीमा खतराको तह आसपास पुग्ने सम्भावना रहेकाले सम्भावित उच्च जोखिम सामना गर्न पूर्वतयारीलाई प्राथमिकता दिन विभागले अनुरोध गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार सोमबार बाग्मती, तिनाउ, पश्चिम राप्ती बबई र केही साना नदीमा बहाव बढ्ने क्रममा छ । तराईका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, उदयपुर, ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रे, काठमाडौँ, मकवानपुर, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, बाग्लुङ, पर्वत र म्याग्दीका नदीको बहाव बढ्ने क्रममा छ ।

त्यस्तै, चितवन, नवलपरासी, रुपन्देही, कपिलस्तु, गुल्मी, पाल्पा, अर्घाखाँची, रोल्पा, रुकुम, प्युठान, दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, अछाम, डोटी, बझाङ, बाजुरा, डडेल्धुरा र आसपासका जिल्लाका नदीमा बहाव बढ्ने खतरा रहेको छ ।

भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना औँल्याएको छ । मौसमविद् मीनकुमार अर्यालका अनुसार देशभर नै मनसुन सक्रिय छ । सोमबार पश्चिम क्षेत्रबाट थप मनसुनी वायु भित्रिएको छ । त्यसैले केही दिन पूर्वको तुलनामा पश्चिमी भेगमा बढी वर्षा हुने सम्भावना देखिएको उहाँले बताउनुभयो ।

मनसुन थप सक्रिय बनाउने न्यूनचापीय रेखा पूर्व र पश्चिमबाट नै नजिक आउँदै गरेको छ । “मनसुनी रेखा माथि सर्दैछ, जसका कारण असार २५ गतेदेखि विभिन्न भेगमा भारी वर्षा हुने सम्भावना छ,” अर्यालले भन्नुभयो । प्रदेश–५, गण्डकी प्रदेशसहित पश्चिमतिर बढी केन्द्रित देखिएको छ । प्रदेश–१, २ र बाग्मतीसहित अन्यत्र पनि केही भेगमा भारी वर्षा हुने देखिएको छ । स्थानीय वायुको पनि प्रभाव रहेकाले मेघ गर्जन र चट्याङसहित वर्षा हुने जनाइएको छ ।
मनसुनको विगत २० दिनको अवस्था हेर्दा गत वर्षभन्दा यसपालि बढी वर्षा भइरहेको छ । गएको वर्ष १० दिन ढिला गरी मनसुन भित्रिएको थियो । आइतबार कञ्चनपुर क्षेत्रमा सबैभन्दा धेरै १११ मिलिमिटर पानी परेको रेकर्ड थियो । विगत २४ घण्टामा देशका विभिन्न भेगमा रहेको ९९ वटा केन्द्रमा पानी परेको रेकर्ड छ । जसअनुसार सबैभन्दा बढी दैलेखमा ६४।४ मिलिमिटर पानी परेको छ । अन्य छवटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी पानी परेको छ । त्यस्तै २३ वटा केन्द्रमा २५ मिलिमिटर बढी र ४० वटा केन्द्रमा १० मिलिमिटरभन्दा बढी पानी परेको छ ।

११ पहिरोसहित २० घटना
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विगत २४ घण्टामा २० वटा विपद्का घटना भएका छन् । जसमध्ये सबैभन्दा धेरै पहिरोका ११ घटना छन् । जसअनुसार डोटीको पूर्वीचौकी गाउँपालिकामा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । योसहित अन्य स्थानमा भएका पहिरोमा परी पाँच जना घाइते भएका छन् । बैतडी, अछाम, सङ्खुवासभा, पश्चिम नवलपरासी, पाल्पा र जाजरकोटका विभिन्न स्थानमा पहिरो जाँदा घरपालुवा पशुसहित भौतिक क्षति भएको प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।