२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी

एक करोड बढी राजस्व छलीको आरोपमा मुद्दा दायर

एक करोड बढी राजस्व छलीको आरोपमा मुद्दा दायर
अ अ+ अ-

काठमाडौँ। राजस्व अनुसन्धान विभागले कर छलीको आरोपमा रुपन्देहीको सुन्दर प्लाईउड सेन्टरका प्रोप्राइटर आकाश अग्रहरी विरुद्ध आज उच्च अदालतमा मुद्दा दायर गरेको छ ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २० (६) बमोजिम एक करोड बढी कर छलीको आरोपमा मुद्दा दायर गरिएको विभागका उपमहानिर्देशक तथा प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

अग्रहरीले सञ्चालन गरेको पसल तथा गोदामको खानतलासी तथा मालवस्तुको भौतिक निरीक्षण गर्दा राजस्व चुहावट गर्ने उद्देश्यले प्रस्तुत फर्मका नाममा मालवस्तु खरिद गरी मौज्दात किताबमा प्रविष्टि नगरेको, बीजक जारी नगरी मालवस्तु बिक्री गरेको, मौज्दात विवरणभन्दा अधिक मालवस्तु फेला परेको र खरिद तथा भन्सार पैठारी गरेको प्रमाण नभेटिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उक्त कार्यबाट राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी दफा ४ को खण्ड (क), (ख), (छ) र (झ) बमोजिम राजस्व छलीको कसुर गरेको पुष्टि हुन आएकाले कर छलीमा उच्च अदालतमा मुद्दा चलाएका हौँ ।”

उहाँका अनुसार भन्सार चोरी पैठारी तर्फको अधिक मौज्दातको बिगो रु तीन लाख २५ हजार ८०७ र मूल्य अभिवृद्धि  करतर्फको अधिक मौज्दातको बिगो रु दुई लाख ५२ हजार २७८, मूल्यअभिवृद्धि करतर्फको न्यून मौज्दातको बिगो रु १५ लाख ६९ हजार दुई सय ३६ र आयकरतर्फको बिगो रु ३१ लाख ८० हजार तीन सय २५ गरी जम्मा रु ५३ लाख २७ हजार छ सय ४६ बराबरको कर छली गरेको पाइएको छ ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ (१) बमोजिम बिगो असुल उपर गरी बिगोको शतप्रतिशतसमेत जरिवाना गरी कूल रु एक करोड छ लाख ५५ हजार दुई सय ९२ असुल उपर गरी सोही ऐनको दफा २३ (१) (ख) बमोजिम सजायको माग दाबी लिई उच्च अदालतमा मुद्दा चलाइएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।  रासस