३० असार २०८३, मंगलवार
,
Latest
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच सरकारले करार र ज्यालादारी कर्मचारीले हटाउने काम नगरोस्ः आरेन राई प्रधानमन्त्री शाहले सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता नलिएसम्म विरोध जारी रहने एमालेको चेतावनी उच्च शिक्षामा १० प्रतिशत छात्रवृत्ति सुनिश्चित गर्न विश्वविद्यालयका उपकुलपतिहरूको संयुक्त पहल विवेक मण्डलको निधनप्रति गगन थापाद्वारा श्रद्धाञ्जली, सन्तानको शिक्षामा सहयोग गर्ने प्रतिबद्धता नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थप, देशभरको रगतको उपलब्धता अब एकै ठाउँबाट हेर्न सकिने गाजा शहरमा इजरायली हवाई आक्रमणः चार प्यालेस्टिनीको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आत्मदाह प्रयास गरेका विवेक मण्डलको मृत्यु कान्ति लोकपथ अस्थायी रूपमा बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

झरीमा रुझेकी राराका सुन्दर रुप (फोटो फिचर)



अ+ अ-

काठमाडौं । मुगु जिल्लाको रारा ताल पर्यटकका लागि विश्वप्रसिद्ध छ । यो नेपालको सबैभन्दा ठूलो ताल पनि हो ।

रारा तालको भ्रमण गर्ने अहिले उपयुक्त समय हो । सेप्टेम्बर–अक्टोबर र अप्रिल–मे मा यहाँ सबैभन्दा बढी पर्यटक पुग्ने गर्दछन् । अहिले त झन् रारामा पानी परिरहेको छ । यसले यहाँको दृश्य अझ सुन्दर देखिएको छ ।

डिसेम्बरदेखि मार्चसम्म भने यहाँको तापमान निकै तल झर्ने गर्दछ । एक मिटरसम्म हिउँ नै पर्ने गरेको छ ।

बर्खा याममा भने ८० मिलिमिटरसम्म पानी पर्ने गरेको छ । सामान्यतया तालको सतहको तापमान ७.५ देखि ७.६ डिग्री सेल्सियससम्म हुने गरेको छ ।

यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईमा छ । मुगुको गमगढीबाट परिश्चमतर्फ करिब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १० दशमलव ८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ । यो ताल १ सय ६७ मिटर गहिरो छ ।

प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्‍याएका छन् ।

दिनभरीमा आफ्नो रुप फेरिरहने रारा ताल जेष्ठदेखि आश्विन महिनासम्म विभिन्न फुलहरूले सजिएर स्वर्गकी अप्सरा जस्तै देखिन्छ ।

फोटो- कृष्णा पौडेल/अनुप शर्मा

 




भर्खरै