२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक अर्काका परिपूरक’



अ+ अ-

गण्डकी। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक अर्काका परिपूरक भएको बताउनुभएको  छ ।

राष्ट्रिय मानवअधिकार आयोगको २५ औँ वार्षिकोत्सवका अवसरमा आयोगको गण्डकी प्रदेश कार्यालयद्वारा आज पोखरामा आयोजित कार्यक्रममा  उहाँले विधिको शासन लोकतन्त्र र मानव अधिकारको मेरुदण्ड भएको बताउनुभयो  ।

आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन् भए नभएकोबारे ख्याल गर्न जरुरी रहेको उल्लेख गर्दै उहाँले सबैले जिम्मेवारीपूर्वक आफ्नो हक प्रयोग गर्दा मात्र समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्न सकिने बताउनुभयो  । मुलुकमा मानव अधिकार संस्कृतिको विकास गर्दै मानव अधिकारको सम्मान र संरक्षणमा आयोगले आफ्नो स्थापनाकालदेखि पु-याएको योगदानको चर्चा प्रमुख भट्टले गर्नुभयो ।

मानव अधिकार मानिसले जन्मसिद्ध रूपमा प्राप्त गरी स्वतन्त्रतापूर्वक उपभोग गर्न पाउने आधारभूत अधिकार रहेको र यी अधिकारहरू मानिसको मर्यादा, इज्जत र प्रतिष्ठाका लागि सिर्जित भएको उहाँको भनाइ छ ।

राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयका प्रमुख नितु गड्तौलाले अधिकार र दायित्वको समुचित प्रयोग गर्दै मानव अधिकार मैत्री राष्ट्र र समाज निर्माणतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले लोकतन्त्र र मानव अधिकारी एक अर्काका परिपुरक भएको बताउँदै मानव अधिकार लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्नुभयो । रासस




भर्खरै