२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुलीमा जिप दुर्घटना, १ को मृत्यु, ३ जना घाइते



अ+ अ-

सिन्धुली । सिन्धुलीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । बुधबार साँझ  जिल्लाको फिक्कल गाउँपालिका ५ को ग्रामीण सडकमा  ना ४ च ५२८५ नं को जिप दुर्घटनामा भएको हो ।

सदरमुकाम सिन्धुलीमाढीबाट फिक्कलको डाँडाचौर जाँदै गरेको जिप दुर्घटनामा वडा नं ५ का ६५ वर्षीय धर्मध्वज सुनुवारको पचारका लागि खुर्कोट अस्पताल लैजादा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा वडा नं ५ कै घाइतेहरु गाडी चालक ४९ वर्षीय टोकनाथ पहाडी, ४३ वर्षीया भगवती पहाडी र १७ वर्षीय उज्वल सुनुवार रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर केसीले जानकारी दिए । ओभरलोडका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।  रड र सिमेन्ट लिएर जाँदै गरेको जिप कर्फुस्थित ग्रामीण कच्ची सडकबाट करिब ५ सय मिटर खसेको थियो ।