१० आश्विन २०८१, बिहीबार
,
Latest
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार प्रचण्डले बिद्यार्थीलाई भन्नुभयो- तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह कोशी ब्यारेजबाट यात्रुवाहक बस खस्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामारी नियन्त्रण र व्यवस्थापनमा सरकार सक्षम भएन : डा.महत



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले देशमा बढ्दो देखिएको कोरोना महामारीको रोकथाम, नियन्त्रण तथा यसले पारेको असरको व्यवस्थापनमा सरकार सक्षम नरहेको बताएका छन् । 

नेपाली काँग्रेसद्धारा गठित एवं कोरोना महामारी अनुगमन समितिका संयोजक समेत रहेका डा.महतले भने– देशमा बेरोजगारी बढेको छ, अर्थतन्त्र निकै खस्किएको छ, मुलुकभित्रका हरेक व्यवसाय प्रत्यक्ष रुपमा मारमा परिरहेका छन् तर पनि सरकार गम्भीर छैन, आफ्नै पार्टीको विवादमा मस्त छ । 

उनले देश एकपछि अर्काेगरी ठूलो समस्यामा फस्दैछ, महामारी अहिले झन् राजधानीमा बढ्दो रुपमा छिरेको छ तर पनि सरकारले जनताका समस्याप्रति पटक्कै ध्यान नदिई महामारीको व्यवस्थापनको सट्टा आफ्नै पार्टीको विवाद व्यवस्थापनमा समय खर्चिएको बताए । 

सहमहामन्त्री डा. महतले भने– यस्तो महामरीको बेलामा पनि सरकार भने जनतालाई २५ जनाभन्दा बढी जम्मा नहुन सूचना जारी गर्छ तर आफैले आफ्नो समर्थनमा देशव्यापी रुपमा जुलुश निकाल्न लगाउँछ, योभन्दा गैरजिम्मेवार र लाजमर्दाे अवस्था अरु के हुनसक्छ ? 

महामारीले उत्पन्न गरेको समस्याप्रति सरकार जिम्मेवार र गम्भीर हुन नसकेको उनले बताए । उनले आफ्नो संयोजकत्वको समितिले देशका विभिन्न पेशा, व्यवसाय र क्षेत्रका मानिसहरुसँग भेटेर अन्तक्र्रिया गरिरहेको र त्यसक्रममा सरकारले आफ्ना सामान्य समस्याहरु पनि सरकारले नसुनिदिएको र गुनासो उनीहरुले गरेको डा.महतले बताए । 

क्वारेन्टिनको व्यवस्थापन गर्न सरकरकाले नसकेको, देशका क्वारेन्टिनहरु पनि स्थानीय तह र समुदायहरुले नै व्यवस्थापन गर्ने गरेको, समयमै पिसिआरको रिपोर्ट नदिँदा त्यहाँ बसेका नागरिक बाध्य भएर घर जानु परेको र यसका कारण त्यहाँ ठूलो समस्या उत्पन्न गर्ने गरेको पनि डा.महतले बताए । 

उनले भने–मानिस क्वारेन्टिनमा बसेको हप्तौँसम्म पनि रिपोर्ट आउँदैन, यता उनीहरु ठूलो भिडभाडमा बस्नु परिरहेको छ, त्यो भिडले ती व्यक्ति संक्रमित भइसकेका हुन्छन् अनि पछि रिपोर्ट नेगेटिभ आउँछ र घर पठाउँछ तर त्यतिञ्जेल त्यो व्यक्ति संक्रमित भइसकेको हुन्छ यस्तो अवस्था छ । 

यो अवस्था भनेको देशका मिडिया हुन् या अरु कुनै पनि उद्योग धन्दा कलकारखनाहरु प्नि बाँच्ने अथवा टिकीराख्ने अवस्था हो र त्यसका लागि राज्यले उनीहरुलाई सहुलियत दिएर टिकाउन सहयोग गर्नुपर्छ तर सरकारका तर्फबाट यस्तो सहयोग कुनै क्षेत्र, बर्ग र समुदायलाई गर्न सकेको अवस्था छैन–डा.महतले भने । 

नेपाल प्रेस युनियनद्धारा आज राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने– महामरीको समय भएपनि जनतालाई सूचना दिनका लागि फिल्डमै खटिएर काम गर्नुपर्ने अवस्थामा देशका सञ्चारकर्मीहरु रहेकोले उनीहरु झन् ठूलो चूनौतीमा रहेको भन्दै राज्यले मिडियाकर्मीहरुलाई विशेष रुपमा हेर्नुपर्छ ।