१९ माघ २०८१, शनिबार
,
Latest
सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा हेलिकप्टरबाट सुत्केरीको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिताभ र अभिषेकलाई कोरोना संक्रमण पोजिटिभ, जया र ऐश्वर्याको रिपोर्ट नेगेटिभ



अ+ अ-

मुम्बई । भारतमा कोरोनाको महामारी फैलिएको बेला बलिउड चर्चित अभिनेता अमिताभ बच्चन र उनका छोरा एवम् अभिनेता अभिषेक बच्चन कोरोना सँक्रमित भएका छन् । शनिबार राती अमिताभको कोरोना रिपोर्ट पोजेटिभ आयो । त्यसपछि अभिषेकको कोरोना परिक्षण गर्दाको उनको पनि शनिबार राती नै कोरोना भाईरस पोजिटिभ देखिएको छ । आफुलाई कोरोना सँक्रमण भएको अमिताभले सामाजिक संजाल ट्विटर मार्फत जानकारी शनिबार राती नेपाली समय अनुसार ११ बजेर ८ मिनटमा जानकारी गराएका छन् । कोरोना संक्रमित भएपछि अमिताभलाई शनिबार राती मुम्बईको नानावटी अस्पताल भर्ना गरिएको छ । लकडाउन खुलेपछि अभिनेता अमिताभले कौन बनेका करोडपति सहित अन्य छायाँकन सुरु गरेका थिए ।

सो क्रममा पूर्ण सावधानी अपनाए पनि आफुलाई कताबाट कोरोना सर्यो भन्नेबारे उनी प्रस्ट हुन सकेका छैनन् । त्यसैले आफुसँग सम्र्पकमा आएकाहरुmलाई कोरोना भाईरस परिक्षण गर्न उनले अनुरोध गरेका छन् । अमिताभलाई अस्पताल भर्ना गरेको केही समयपछि अभिषेकमा पनि कोरोना भाईरस पोजेटिभ देखिएको हो । अभिषेकको पनि रिपोर्ट पोजेटिभ आएपछि उनलाई शनिबार मध्यराती अस्पताल लगिएको छ । यसरी कोरोना सँक्रमित भएपछि अमिताभ र अभिषेक दुबैजनालाई अस्पताल भर्ना गरिएको हो । तर अभिताभकी पत्नी एवम् अग्रज अभिनेत्री जय भादुडी र अभिनेत्री ऐश्वर्य राय बच्चनको कोरोना टेस्ट नेगेटिभ आएको छ ।

अभिषेक र ऐश्वर्याकी छोरी आराध्याको कोरोना रिपोर्ट बारे शनिबार मध्यरात पछि पनि खुलाईएको छैन । अमिताभले शनिबार राती आफुलाई कोरोना भएको जनाउँदै सामाजिक संजालमा लेखेका छन्, ‘मलाई कोरोना पोजिटिभ देखिएको छ । म अस्पतालमा भर्ना भैसकेको छु । मेरो परिवार र स्टाफको पनि कोरोना परिक्षण भएको छ तर रिपोर्ट आएको छैन । पछिल्लो १० दिनदेखि मेरो सम्पर्कमा आउने सबैलाई म कोरोना परिक्षणका लागि अनुरोध गर्दछु ।’ यसरी ७७ बर्षका बलिउडका यी सफल नायकले आफूलाई विगत १० दिनयता भेट्ने सबैले कोरोना परिक्षण गर्न आग्रह पनि गरेका छन् । बच्चन परिवारका दुई सदस्य अमिताभ र अभिषेकमा कोरोना सँक्रमण देखिएपछि उनीहरुको घर शनिबार मध्यरातमा शिल गरिएको छ । जया र ऐश्वर्यालाई केही दिन अलग रुपमा क्वारेन्टाईनमा बस्न स्वास्थ्य विभागले अनुरोध गरिएको छ ।

शनिबार राती नै अमिताभको घरका काम गर्ने कामदार र उनको अफिसमा काम गर्ने कर्मचारीको पनि स्वाव नमुना सँकलन गरेर परिक्षणको लागि पठाईएको छ । कौन बनेगा करोडपति सहित अमिताभसँग जोडिएका सिनेकर्मी, प्राविधिकहरु पनि अहिले त्रसित भएका छन् । आईतबार उनीहरुको पनि कोरोना परिक्षण गरिने भएको छ । यता अमिताभ र अभिषेकलाई कोरोना सँक्रमण भएपछि देश बिदेशका प्रसँसकदेखि सिनेकर्मी, आफन्तसम्मले उनीहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । राजधानी दैनिक