८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

सिन्धुलीमा बेवारिसे शव फेला

सिन्धुलीमा बेवारिसे शव फेला
अ+ अ-

सिन्धुली। सिन्धुलीमा आज दिउँसो एक व्यक्तिको शव फेला परेको छ । गोलञ्जोर गाउँपालिका–७ स्थित सुनकोशी नदीमा शव फेला परेको हो ।

पश्चिम दिशाबाट बग्दै आएको अवस्थामा अन्दाजी ४०/४५ वर्षका पुरुषको शव नदीमा देखिएको खबर पाएपछि इलाका प्रहरी कार्यालय खुर्कोटमा खबर आएको थियो । त्यहाँबाट प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलको नेतृत्वमा खटिएको टोलीले विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोर टोलीसँगको सहकार्यमा शव नदीबाट निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतक पुरुषको दाहिने हातको नाडीमा ‘NURJIT’ लेखिएको ट्याटु, दाहिने कानमा चाँदीजस्तो देखिने दुईवटा मुद्रा तथा शरीरको तल्लो भागमा नीलो रङको कट्टुमा रातो रङका तीनवटा धर्सा देखिएकोे छ ।

शव फेला परेको स्थान इलाका प्रहरी कार्यालय खुर्कोटबाट करिब ३०० मिटर उत्तरतर्फ पर्छ । हालसम्म शवको पहिचान खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस