२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछः प्रकाशशरण महत



file photo
अ+ अ-

गोरखा । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान गठबन्धन सरकार तोडिने अवस्था नरहेको बताउनुभएको छ । आज गोरखाका पत्रकारहरुसँग अन्तरक्रिया गर्दै उनले बजारमा चलेका अफवाहको पछाडि नलाग्न पनि आग्रह गर्नुभयो ।

“म अनावश्यक सूचनाको पछि नलाग्न म अनुरोध गर्दछु”, उहाँले भन्नुभयो, “यो गठबन्धन उच्चकोटीको भएकाले एकअर्काको दृष्टिकोणलाई बुझ्नुपर्दछ । गठबन्धन भन्नेबित्तिकै त्यहाँ साझा दृष्टिकोणको आवश्यकता पर्दछ ।”

उहाँले गभर्नर नियुक्तिको प्रक्रियाले चाँडै निकाश पाउनेमा समेत विश्वास व्यक्त गर्नुभयो । “अहिले कुनै पनि दलसँग स्पष्ट बहुमत ल्याउन नदिएकाले गठबन्धनको सरकार बनाउनु परेको हो । यसअघिका गठबन्धनभन्दा यो गठबन्धन बलियो भएकाले यसमा शङ्का, उपशङ्का उत्पन्न हुने खालका वातावरण सिर्जना हुनबाट जोगाउन सरकारमा रहेकाहरु बढी जिम्मेवार हुनुपर्छ ।”

आफू यसअघि अर्थमन्त्री हुँदा अस्तव्यस्त अर्थतन्त्रलाई सही ठाउँमा ल्याउन सफल भएको दाबी गर्दै उहाँले भन्नुभयो, “अहिले केही न केही सुधार भएको छ तर यति सुधारले हामी सन्तुष्ट छैनौँ, अब दोस्रो चरणको सुधारको योजना अघि बढ्नुपर्छ ।” उहाँले संसद्बाट अर्थसम्बन्धी पाँचवटा विधेयक पास भएको पनि उल्लेख गर्नुभयो ।