५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले कडाईका साथ एमआरपी कार्यान्वयन गर्ने



अ+ अ-

एजेन्सी । सरकारले स्वदेशमा उत्पादित तथा आयात हुने उत्पादनहरूमा अनिवार्य रूपमा एमआरपीसहितको लेबल लगाउनुपर्ने कानूनी व्यवस्थालाई कडाईकासाथ कार्यान्वयनमा ल्याउने संकेत गरेको छ ।

व्यापरीहरूले  विरोध गरिरहेका बेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले वस्तुको लेबल नराखी कारोबार गर्नेहरुलाई अनुगमन गरी थप कारबाही गर्ने संकेत गरेको हो । अधिकतम विक्री मूल्यले बजार बिग्रिएको र जरिबानाले व्यवसायी हतोत्साहित भएको भन्दै उनीहरु एमआरपी लागू नगराउन ‘लबिइङ’ मा छन् । तर त्यो लर्बिङ कानूनको धज्जि उडाउँदै उपभोक्ताको हित विपरित भएको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कडाईका साथ नियम लागू गर्ने बताएको छ ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले २०७५ मा आएको ऐन अहिलेसम्म कार्यान्वयनमा आउन नसक्नु दुखद् भएको भन्दै आफ्नो मिसन एमआरपी जसरी भएपनि कार्यान्वयन गर्ने रहेको बताउनु भयो । उहाँले आफूले अहिले एमआरपि कडाइका साथ लागू गर्नेगरी काम गरिरहेको बताउनु भयो । उहाँकाअनुसार अहिले खाद्यन्न, मोटरसाइकल स्पेर्यस पार्टस्, मेडिकल सामग्री कुनैमा पनि एमआरपी लागू भएको देखिँदैन ।

त्यति मात्रै नभई विद्यालयहरूमा पनि जथाभावी शुल्क लिने गरेको बताउँदै यसका लागि सरकार आफैँ सक्रिय भएर एमआरपी लागू गर्न लागेको दाहालले बताउनु भयो । मेडिकल सम्बन्धी सामानमा पनि जथाभाबी रूपमा रकम असुल गर्ने गरेको पाइएको उहाँको भनाई छ ।  उहाँकाअनुसार मोटरस्पेयरपार्टसहरुको एमआरपी मेटाएर वा मूल्य नराखेर विक्री गरिरहेका छन् । विभागले अनुगमन गरेर कारबाहीसँगै एमआरपी लागू गर्न सचेत पार्दैछ ।

बजारलाई स्वस्थ बनाउन सरकार मात्रै नभई निजी क्षेत्र समेत आफैँ लाग्नुपर्नेमा उहाँको भनाई छ । अनावश्यक रूपमा विदेशी ब्राण्डहरू भित्रिरहँदा त्यसले निकट भविष्यमै बजारलाई ठूलो समस्यामा पार्नसक्ने जोखिम रहेको समेत उहाँले बताउनुभएको छ ।

सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो–‘अहिले हामीले एमाआरपीको कुरा बजारमा उठाएका छौं । निजी क्षेत्रका छाता संगठनहरुले नै एमआरपी लगाउनु हुँदैन भन्नुहुन्छ । कानूनमा लेखिएका कुराहरु कार्यान्वयन वाणिज्य तथा आपूर्ति विभागले गर्न खोजेको हो । बजार कता गइरहेको छ । बजारले के इन्डिकेट गरिरहेको छ । हाम्रो अर्थतन्त्र कता गइरहेको छ भन्ने यहाँ देखिन्छ । वाणिज्य विभाग हालै शिक्षा क्षेत्रको अनुगमनमा पनि गयो । ८÷१० ओटा विद्यालयहरुमा अनुगगमन गर्दा जथाभावी रुपमा विद्यार्थी, अभिभावकसँग रकम असुलेको पाइयो । कोही पनि बोलेका छैनन् यसबारे । खै त हाम्रा उपभोक्ता कहाँ छन् ? हुन त नियामक आफैँ दह्रो नभइकन अरु संस्था बलिया हुँदा रहेनछन् । एउटा नियामक निकाय बलियो हुनुपर्छ भन्ने देखिन्छ अहिले । बजार लथागिङ छ, विकृति छ, यो भन्दा मलाई लाज लाग्दैन । यति लथालिंग छ की,अब त खुलेआम रुपमा मैले मुल्य कायम गर्नुपर्छ । जथभावी बिक्रि गर्नुपर्छ भनेर संस्थाहरु नै अघि आइसकेका छन् ।
मेडिकल सप्लायर्समा १६ हजार पर्ने एउटा मुटुको उपचार गर्न प्रयोग हुने ‘टेको’ त्यसलाई १ लाख ६० हजारसम्म विलजिक भेटाए । भारतबाट आएको एमआरपी १६ हजार छ । १ लाख ६० हजार नेपाली विल बिजक गरेको वाणिज्य विभागमा उजुरीकर्ताले ल्याए । त्यसमा विक्रिकर्तालाई एमाअरपी लगाउन भन्दा लगाउँदैनौं भन्ने गरेका छन । यस्तायस्ता उदाहरणहरु बजारमा भेटिएका छन् ।’

दाहालले वस्तुहरुको अनुगमनमा जाँदा अहिले व्यापारी, आयातकर्ताहरुले घेराबन्दी समेत गर्ने गरेको भन्दै आफू नडराउने स्पष्ट पार्नुभयो । सरकारले एमआरपी कडाइका साथ लागू गर्ने बताइरहँदा व्यवसायीहरुले विरोध गरिरहेका छन् । अनाधिकृत व्यापारलाई नियन्त्रण गर्न सरकार लाग्नु सकारात्मक भएपनि एमआरपीका नाममा उद्योगी व्यापारीलाई तर्साउन नहुने उनीहरुको भनाई छ । निजी क्षेत्रका संस्थाहरुले तत्काल एमआरपी लागू गर्न कठिन समेत रहेको बताउछन् ।

हालै मात्र चार व्यापारिक संगठनले विज्ञप्ति नै जारी गरेर स्वदेशमा उत्पादित तथा नेपालमा आयात हुने सबै उत्पादनमा अनिवार्य रूपमा एमआरपी सहित लेबल लगाउन सहज नभएको बताए  । वीरगञ्ज उद्योग वाणिज्य संघ, मोरङ उद्योग व्यापार संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ र काठमाडौं उद्योग वाणिज्य संघले संयुक्त विज्ञप्ति जारी गरी विभागको निर्देशन तत्कालै लागू गर्न सम्भव नभएको बताए ।

जारी विज्ञप्तिमा कोभिड–१९ र विश्वव्यापी मन्दी लगायत कारण मुलुकमा अवस्थित उद्योग, व्यापार, श्रमिकलाई पारिश्रमिक, बैंकलाई साँवा–ब्याज, विद्युत प्राधिकरणलाई बिजुली महशुल लगायत खर्च जेनतेन धान्दै अर्थतन्त्र चलायमान बनाउँदै आएकाले पनि तत्कालै नेपालमा आयात र उत्पादन हुने वस्तुमा एमआरपी लेबल लगाउन नसकिने उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ–‘चामल उत्पादन हुने ठाउँ वीरगञ्जमा प्रतिबोरा २ हजार पर्दछ । त्यही चामल ढुवानी खर्चसहित हुम्ला, जुम्लामा प्रतिबोरा ३ हजार रुपैयाँ पर्दछ । यस परिवेशमा एमआरपी कति राख्ने ? २ हजार कि ३ हजार ? त्यसमा पनि ढुवानी खर्च परिवर्तन भइरहने भएकाले एमआरपी लगाउन सकिँदैन ।’

उनीहरुले नेपालजस्तो भौगोलिक विकटता भएको मुलुक र महँगो ढुवानी भाडा रहेको अवस्थामा मुलुकभरि एउटै दरमा सामान बिक्री गर्न एमआरपी तोक्न सम्भव नभएको जिकिर गरेका छन् ।