५ श्रावण २०८३, मंगलवार
,
Latest
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति संघ, ‘स्वास्थ्य… शैक्षिक परामर्श क्षेत्रका लागि व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै कर्णालीको विकासका प्राथमिकता बुझ्न स्थलगत अनुगमनमा मन्त्री लम्साल १३ स्थानीय तहले अझै ल्याएनन् चालु आवको बजेट संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमेन्टमा नेपाल आत्मनिर्भर छ, अब स्वदेशमै खपत बढाऔँः मन्त्री दाहाल



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले स्वदेशमै सिमेन्टको खपत बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

सोमवार ललितपुरमा आयोजित सिमेन्ट उत्पादक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो जोड दिनुभएको हो । उहाँले नेपाल सिमेन्टमा पूर्ण रुपमा आत्मनिर्भर भएको भन्दै अब स्वदेशमै खपत बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कस्टलाई थोरै मार्जिन राखेर धेरै उत्पादन गर्नुपर्ने बताउनु भयो ।

उहाँले नेपाललाई कनेक्टीभिटीको हिसावले उदाहरणीय देश बनाउने गरी अघि बढिरहेको बताउनु भयो । उहाँले चीन र भारतको विकासबाट सिकेर नेपाल अघि बढ्न जरुरी रहेको बताउनु भयो । विकासको दृष्टिले नेपाल पनि कम नरहेको भन्दै पछिल्लो १५ वर्षमा धेरै काम गरेको दाबी गर्नुभयो । सडक सम्बन्धी नीति निर्माणको काममा पनि सरकारले विशेष चासो दिएर काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले समस्या पहिचान गरेरअघि बढ्दा काम गर्न सहज हुने बताउनु भयो ।

मन्त्री दाहालले भन्नुभयो, ‘नेपाल सिमेन्टमा पूर्ण रुपले आत्मनिर्भर भयो भनेर अध्यक्षज्युुलाई सोधको थिएँ । पूर्ण रुपमा आत्मनिर्भर मात्रै होइन, सिमेन्ट बाहिर पठाउने, बाहिर बेच्ने अवस्थामा पनि पुगेको छ भन्नुभयो । सिमेन्टमा आत्मनिर्भर भइसकेका छौँ भने अब हामीले हाम्रै देशमा यसलाई कसरी लगाउने ? त्यसमा सोच्नुपर्छ । जसरी हामी विद्युत उत्पादन गरिरहेका छौँ र देशमै खपत गर्ने कुरा गरिरहेका छौँ । त्यसैगरी सिमेन्ट उत्पादन गरिरहेका छौँ, आत्मनिर्भर भएका छौँ । निर्यात गर्ने अवस्थामा पुगेका छौँ भने यहीँ खपत किन नगर्ने ? कस्टलाई थोरै मार्जिन राखेर धेरै उत्पादन गरौँ । सडकहरुमा व्यापक रुपमा मजबुत सडक बनाऔँ । त्यो ढंगले गर्न सकिन्छ ।’

मन्त्री दाहालले अब कंक्रिट प्रविधिमा जानुपर्ने बताउनु भयो ।