१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

सगरमाथा संवादः ‘जलवायु परिवर्तनका असर न्युनिकरणमा वैश्विक साझेदारी आवश्यक’

सगरमाथा संवादः ‘जलवायु परिवर्तनका असर न्युनिकरणमा वैश्विक साझेदारी आवश्यक’
अ अ+ अ-

काठमाडौँ । जलवायु परिवर्तनका असर न्युनिकरणका लागि वैश्विक साझेदारी आवश्यक रहेको नेताहरुले बताएका छन् ।

शुक्रवारबाट शुरु भएको सगरमाथा संवाद कार्यक्रममा देशको प्रतिनिधित्व गर्दै नेपाल आउनुभएका प्रतिनिधिहरुले जलवायु परिवर्तनको असर न्युनिकरण गर्न वैश्विक साझेदारी आवश्यक रहेको बताएका हुन् ।

जलवायु परिवर्तनसँग सम्बन्धित मुद्दामा भइरहेका छलफलमा हिमालको मुद्दा ओझेलमा पारिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सगरमाथा संवादका क्रममा बोल्ने वक्ताहरुले हिमालदेखि महासागरसम्मको मुद्दालाई समेट्ने गरी जलवायु परिवर्तनबारे बहस जरुरी रहेको बताए । उद्घाटन सत्रपछिको पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रसचिव अमृतबहादुर राईले वक्ताहरुले जलवायु परिवर्तनसम्बन्धित विश्वमा भइरहेका छलफल, वार्ताहरुमा हिमालको विषयलाई अलिकति कम उठाउने गरेकोमा नेपालले हिमालको विषय विश्व जलवायु संवाद र छलफलमा उठाउन नेतृत्वदायी भुमिका खेलेको भन्दै धन्यवाद व्यक्त गरेको बताउनु भयो । सगरमाथा संवादका क्रममा अहिलेसम्म १९ वटा मन्तव्यहरु प्रश्तुत भएको बतउनु भयो । जसमा १३ वटा देशका प्रतिनिधिहरु हुनुहुन्छ भने ६ वटा संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय र क्षेत्रीय संघसंस्थाका प्रतिनिधिहरुले विचार राख्नुभएको बताउनु भयो । अब दुई वटा प्यारलल सेसनहरु सञ्चालन हुने र त्यसपछि काठमाडौं घोषणा पत्र जारी गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनसम्बन्धित विश्वमा भइरहेका छलफल, वार्ताहरुमा हिमालको विषयलाई अलिकति कम उठाउने गरेकोमा नेपालले हिमालको विषय विश्व जलवायु संवाद र छलफलमा उठाउन नेतृत्वदायी भुमिका खेल्नुपर्छ भन्ने उद्देश्यका साथ यो पहिलो सगरमाथा संवाद कार्यक्रमको आयोजना गरिएको हो । सफलतापूर्वक उद्घाटन सत्र सम्पन्न भएको छ । १९ वटा वक्तव्यहरु भएका छन् । त्यसमध्ये १३ वटा देशका प्रतिनिधिहरुले आफ्नो वक्तव्य राख्नुभएको छ भने ६ वटा संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय र क्षेत्रीय संघसंस्थाका प्रतिनिधिहरुले विचार राख्नुभएको छ । हामी अब दुई वटा प्यारलल सेसनहरु गर्दछौँ तीन दिनसम्म । हामीले काठमाडौं घोषणा पत्र जारी गर्छौं । अबको दिनमा नेपालले हिमालको विषयमा कसरी नेतृत्व लिन्छ र कुन बाटो हिँड्छ, विश्व जलवायु छलफललाई कुन बाटोमा हिँडाउन चाहन्छ भन्नेमा हामी काठमाडौं घोषणा पत्र जारी गर्दैछौँ । जलवायु परिवर्तनको विषय एउटा मात्रै देशले समाधान गर्न सक्दैन । त्यसमा क्षेत्रीय, विश्वका सबै देशका साझेदारी आवश्यक पर्दछ । जसले बढी पोलुसन गरिरहेको छ, त्यसले बढी कन्ट्रिब्युट गर्नुपर्दछ ।’

उहाँले जलवायु परिवर्तनको असर एउटा देशको प्रयासले मात्रै समाधान नहुनेतर्फ विश्व नेताहरुले विश्वको ध्यानाकर्षण गराएको पनि बताउनु भयो ।