२७ जेष्ठ २०८३, बुधबार
,
Latest
समूह ‘के’: रोनाल्डो र पोर्चुगललाई समूहमै कोलम्बिया,उज्वेकिस्तान र कंगोको चुनौती प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य डिजिओमा फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण: मोबाइल पास मात्र ५४९ रुपैयाँमा दक्षिणपछि उत्तर सन्तुलनको प्रयासः परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै ‘एयर पोलुशन स्टेशन’ स्थापनापछि राप्तीमा प्रदूषणको अवस्था विश्लेषण गर्न सहज पोखरामा ‘खेल सप्ताह’ आयोजना हुँदै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्यान दुर्घटना हुँदा दुई जना गम्भीर घाइते



अ+ अ-

जुम्ला। जुम्लामा भ्यान दुर्घटना हुँदा चालकसहित दुई जना गम्भीर घाइते भएका छन्। बुधबार दिउँसो करिब २ बजेतिर कर्णाली राजमार्गअन्तर्गत तिला गाउँपालिका-१ गाडगोडेनी भन्ने स्थानमा दुर्घटना भएको हो।

नाग्मा बजारबाट जुम्ला बजारतर्फ आउँदै गरेको क १ ज ३७ नम्बरको भ्यान अचानक अनियन्त्रित भई सडकबाट करिब २ मिटर तल तिला नदीमा खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक रोहित रसाइलीले जानकारी दिए।

दुर्घटनामा जुम्लाको तातोपानी गाउँपालिका-५ लाम्राका अन्दाजी २० वर्षीय चालक दिनेश नेपाली र हिमा गाउँपालिका-६ पाथरखोला निवासी ५५ वर्षीय धनराज अधिकारी गम्भीर घाइते भएका छन्। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ।