१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कारको अभियोगमा सशस्त्रका एसएसपी पक्राउ



अ+ अ-

पोखरा । सशस्त्र प्रहरी बल तालिम केन्द्र लामापाटनका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र अधिकारी बलात्कारको आरोपमा पक्राउ परेका छन् । एसएसपी अधिकारीले खाना खान बोलाएर क्वाटरमा बलात्कार गरेको आरोप लगाउँदै चितवनकी एक युवतीले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपछि प्रहरीले एसएसपी अधिकारीलाई पक्राउ गरेको हो । चितवन घर भएकी २७ वर्षीया एक युवतीलाई खाना खान बोलाएर बलात्कार गरेको भन्ने मौखिक उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।

एसएसपी अधिकारीले लामापाटनस्थित आफ्नै क्वाटरमा ती युवतीलाई बोलाएका थिए । ती युवतीले खानपिन गर्ने क्रममा आफूलाई लठ्याउने औषधि खुलाएर जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् । एसएसपी अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको एसपी श्रेष्ठले जानकारी दिए । उक्त घटना सार्वजनिक भएपछि गण्डकी प्रदेश सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कवीन्द्रमान श्रेष्ठसमेत घटनास्थलमा पुगेका थिए ।  घटनाको बारेमा महिलाले प्रहरीलाई जानकारी गराउनसाथ एसएसपी अधिकारी भने भागेर महिला ब्यारेकको पछाडि रहेको मकैबारीमा सुतिरहेको अवस्थामा सशस्त्र प्रहरी बलकोे टोलीले पक्राउ गरेको थियो । उनी मदिराले लट्ठ भएर मकैबारीमा लडिरहेको अवस्थामा सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो ।

चितवनबाट बुधबार नै एसएसपी अधिकारीको क्वाटरमा पुगेकी ती महिला सिधै उनको बेड रुममा पुगेकी थिइन् । बिहान ९ बजे एसएसपी अधिकारीको बेडरुममा पुगेकी ती महिलाले २ बजे प्रहरीलाई खबर गरेकी थिइन् । दुवै मिलेर मदिरा सेवन गरेको देखिन्छ, त्यसपछि बलात्कार भयो भएन भन्नेबारेमा अस्पतालको रिपोर्ट आएपछि मात्रै थाहा हुने प्रहरीले जानकारी दिएको छ । नेपाल समाचारपत्र दैनिक