२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाको ब्यारेक स्थानान्तरण गरिने



अ+ अ-

भरतपुर । भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाको ब्यारेक स्थानान्तरण गर्ने सहमति जुटेको छ । नागरिक उड्डयन प्राधिकरणले भरतपुर विमानस्थललाई आन्तरिकतर्फको क्षेत्रीय विमानस्थल बनाउने गरी गुरुयोजना अगाडि सारिरहेका बेला भरतपुरमा सेनाको ब्यारेक सार्ने निर्णय भएको हो । भरतपुर विमानस्थल विस्तारको योजना सङ्घीय सरकारको नीति तथा कार्यक्रममा पनि परेको छ । भरतपुर महानगरले बुधबार राखेको छलफलमा सेनाको ब्यारेक सार्ने सहमति भएको हो । “विमानस्थल विस्तारका लागि भरतपुर–१० मा रहेको नेपाली सेनाको ब्यारेक (कालीबहादुर गण)लाई भरतपुर–१, आँपटारीमा रहेको दियालो बङ्गलामा सार्ने सहमति भएको छ,” बैठकपछि महानगर प्रमुख रेणु दाहालले जानकारी भने । बैठकमा जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद, प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, विमानस्थल प्रमुखसहितको सहभागिता थियो ।

नेपाली सेनाले विकास निर्माणमा सहयोग गर्दै दियालो बङ्गलामा जान सहमत भएको छ दाहालले भन्नुभयो, “सेनाको घोडा फर्म (प्रजनन केन्द्र)समेत भरतपुर–११, बसेनीमा रहेको फायरिङ रेन्जमा सार्ने सहमति भएको छ । ” चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सेनाको ब्यारेक सारेर पनि विमानस्थल विस्तार गर्ने निर्णय हुनु स्वागतयोग्य बताए ।
विमानस्थललाई आवश्यक जग्ग्गा ब्यारेकबाट लिनुपर्छ बाँकी जग्गामा सेनाको सानो टुकडी राख्न आवश्यक छ, उनले भने। सेनाको एयर बेस र लजिस्टिक राख्न पनि सो ठाउँमा सेनाको टुकडी जरुरी रहेको उनको भनाइ छ । नागरिक उड्डयन प्राधिकरणले भरतपुर विमानस्थललाई आन्तरिकतर्फको क्षेत्रीय विमानस्थल बनाउने गरी गुरुयोजना बनाउन सुरु गरिसकेको छ । गुरुयोजना र डीपीआर निर्माणको काम सुरु भइसकेको भरतपुर विमानस्थलका प्रमुख पवन गौतमले जानकारी दिए ।

भरतपुर विमानस्थलको धावन मार्ग हाल एक हजार दुई सय मिटरको छ । यसलाई विस्तार गरेर एक हजार पाँच सय मिटर पुर्याउने योजना छ । अहिले भरतपुर विमानस्थलमा ८० सिट क्षमता भएका जहाजसमेत अवतरण गर्न नसकिने अवस्थामा विमानस्थलको विस्तारसँगै यसमा सहजता आउने विश्वास गरिएको छ । गोरखापत्र दैनिक