२७ जेष्ठ २०८३, बुधबार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी प्रेस सङ्गठन उपत्यका प्रदेश कमिटीको नयाँ कार्यसमिति चयन



अ+ अ-

काठमाडौँ। समाजवादी प्रेस सङ्गठन नेपाल उपत्यका प्रदेश कमिटीको विशेष भेलाले विष्णु रैगाईंको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । यहाँ आज आयोजित भेलाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

भेलाले पत्रकारिता क्षेत्रलाई व्यावसायिक तथा मर्यादित बनाउनुपर्ने, पत्रकारको जीवनको सुरक्षा प्रत्याभूत गरिनुपर्ने, श्रमजीवी पत्रकारको सामाजिक सुरक्षा हुनुपर्नेलगायत सात बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ ।

समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले भेलाको उद्घाटन गर्दै पत्रकारिता क्षेत्रले समयमा प्रवाह गर्ने सूचनाले लोकतान्त्रिक शासन प्रणालीलाई बलियो बनाउने भएकाले सञ्चार क्षेत्रमा देखिएका समग्र समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्ठनले श्रमजीवी पत्रकारको हकहित, अधिकारसहित संरक्षण गर्न सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उहाँले खोजमूलक प्रकाशन÷प्रसारणका कार्य गर्न सुझाव दिनुभयो ।

विश्व प्रेस काउन्सिल उपाध्यक्ष एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि पत्रकारिता क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गरेको बताउँदै प्रेस र समाजको घनिष्ठ सम्बन्धले मात्र लोकतान्त्रिक पद्दति थप बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।

सङ्गठनको सल्लाहकारसमेत रहनुभएका उहाँले पत्रकारिता क्षेत्रलाई थप विश्वसनीय बनाउन सत्यतथ्य र निष्पक्ष रूपमा समाचार प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।रासस