३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी प्रेस सङ्गठन उपत्यका प्रदेश कमिटीको नयाँ कार्यसमिति चयन



अ+ अ-

काठमाडौँ। समाजवादी प्रेस सङ्गठन नेपाल उपत्यका प्रदेश कमिटीको विशेष भेलाले विष्णु रैगाईंको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । यहाँ आज आयोजित भेलाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

भेलाले पत्रकारिता क्षेत्रलाई व्यावसायिक तथा मर्यादित बनाउनुपर्ने, पत्रकारको जीवनको सुरक्षा प्रत्याभूत गरिनुपर्ने, श्रमजीवी पत्रकारको सामाजिक सुरक्षा हुनुपर्नेलगायत सात बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ ।

समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले भेलाको उद्घाटन गर्दै पत्रकारिता क्षेत्रले समयमा प्रवाह गर्ने सूचनाले लोकतान्त्रिक शासन प्रणालीलाई बलियो बनाउने भएकाले सञ्चार क्षेत्रमा देखिएका समग्र समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्ठनले श्रमजीवी पत्रकारको हकहित, अधिकारसहित संरक्षण गर्न सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उहाँले खोजमूलक प्रकाशन÷प्रसारणका कार्य गर्न सुझाव दिनुभयो ।

विश्व प्रेस काउन्सिल उपाध्यक्ष एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि पत्रकारिता क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गरेको बताउँदै प्रेस र समाजको घनिष्ठ सम्बन्धले मात्र लोकतान्त्रिक पद्दति थप बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।

सङ्गठनको सल्लाहकारसमेत रहनुभएका उहाँले पत्रकारिता क्षेत्रलाई थप विश्वसनीय बनाउन सत्यतथ्य र निष्पक्ष रूपमा समाचार प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।रासस