२७ भाद्र २०८३, शनिबार
,
Latest
बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित



अ+ अ-

कास्की। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज साँझ पोखरामा सम्पन्न नवौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष खेलाडीको उपाधि अरूणा शाही र विश्वास अधिकारीले जित्नुभएको छ ।

वर्ष उत्कृष्ट खेलाडीका लागि मनोनयनमा परेका उत्कृष्ट तीनमध्ये महिलातर्फ नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान समेत रहेकी अरूणा शाही घोषित हुनुभएको हो । यसँगै अरूणाले हालसम्म तीन पटक वर्ष उत्कृष्ट खेलाडी बन्न सफल हुनुभयो ।

यसैगरी पुरूषतर्फ भलिबलका विश्वास अधिकारी वर्ष खेलाडी बन्नुभयो । अवार्डका साथ उहाँहरू दुबैले टेलजी इलेक्ट्रिक स्कुटर पुरस्कार पाउनुभएको छ । वर्ष खेलाडी महिला विधामा आइटिएफ तेक्वान्दो/मुआथाईकी सुस्मिता थापा मगर र फेन्सिङकी कृपा गुरूङ समेत मनोनयनमा पर्नुभएको थियो । पुरूषतर्फ टेनिसका प्रदीप खड्का र फुटबलका सुमित श्रेष्ठ हुनुहुन्थ्यो ।

उदीयमान खेलाडीतर्फ क्रिकेटकी रचना चौधरीले अवार्ड प्राप्त गर्नुभयो । सो विधामा भलिबलका जितबहादुर सार्की र एथ्लेटिक्सका बादल कार्की समेत उपाधि होडमा हुनुहुन्थ्यो । टेनिसका निरज थापा र भलिबलका रमेश केसीलाई पछि पार्दै उत्कृष्ट प्रशिक्षक फुटबलका राजेन्द्र तामाङ बन्नुभयो ।

उत्कृष्ट खेल संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल सङ्घले प्राप्त ग¥यो भने वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड विजय नेपालले पाउनुभयो । उत्कृष्ट बन्न सफल सबैले अवार्डसहित नगद रू ३५ हजार पुरस्कार प्राप्त गर्नुभयो ।

मञ्चले ‘लाइफटाइम अचिभेमन्ट अवार्ड’ बाट सुटीङकी प्रशिक्षक भगवती खत्री केसीलाई सम्मान गरेको छ । उहाँलाई चाँदीको करूवासहित अवार्ड प्रदान गरिएको हो ।

अवार्ड विजेता खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा खेलकुदमन्त्री विन्दुकुमार थापा, पोखरा महानगर प्रमुख धनराज आचार्य, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्य लगायतले पुरस्कार प्रदान गर्नुभयो ।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले विसं २०७२ देखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रूपमा स्थापित छ । रासस