१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मास्क लगाउन बाध्य बनाउन सक्तिन: ट्रम्प



अ+ अ-

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले कोरानो भाइरस फैलिनबाट रोक्न मास्क लगाउन अमेरिकी जनतालाई आदेश दिन नसकिने प्रतिवद्धता जनाएका छन् । अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फसीले सम्पूर्ण अमेरिकी जनतालाई मास्क लगाउन सकेसम्म बाध्यकारी बनाउन राज्य तथा स्थानिय नेताहरुलाई आब्हान गरेको लगत्तै ट्रम्पको यो प्रतिक्रिया सार्वजनिक भएको हो । डा. फसीले मास्क लगाउनु साँच्चिकै निकै महत्वपूर्ण भएकाले सबैले यसलाई अवलम्वन गर्नुपर्ने बताएका छन् । अमेरिकामा मास्क लगाउने विषय माथि निकै राजनीति भइरहेको राजनीतिक विश्लेषकहरको भनाइृ रहेको छ ।

अमेरिकाका अधिकांश राज्य गवर्नरहरुले मास्क लगाउनु वैयत्तिक छनौट मात्र नभई कानुनी रपमा यसलाई अनिवार्य गरिनुपर्ने आवाज उठाइरहेका छन् । शुरुमा मास्क प्रयोगको विरोधमा देखिएका अलावामाका रिपब्लिकन गवर्नर काय इभि पनि अहिले मास्ककै पक्षमा उभिएका छन् । विगतमा मास्क लगाउँदिन भन्दै अडान लिँदै आएका ट्रम्प पनि गत शनिवार पहिलो पटक मास्क लगाएर सार्वजनिक भएका थिए । तर शुक्रवार फोक्स न्युजका लागि बोल्ने क्रममा ट्रम्पले मानिसहरुसंग निश्चित स्वतन्त्रता हुनुपर्ने भन्दै आफुले देशव्यापि रुपमा मास्क अनिवार्य गरिनुपर्ने नियम ल्याउन नसक्ने बताएका हुन् ।

यसै साताको शुरुमा अमेरिकी जनस्वास्थ निकाय रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसि) का निर्देशक डा. रोवर्ट आर रेडफिल्डले भाइरस रोकने र फैलिन नदिन कपडाको मास्क एक मात्र शक्तिशाली हतियार भएको विचार प्रकट गरेका थिए । त्यसैगरी संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वका शक्ति राष्ट्रहरु विश्वव्यापि कोरोना महामारी विरुद्ध सहकार्य गर्न असफल रहेको भनी आलोचना गरेका छन् । नेपाल समाचारपत्र दैनिक