८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा
अ+ अ-

दोधारा चाँदनी, (कञ्चनपुर) । दोधारा चाँदनी नगरपालिका–१ भूमिराज टोलका ६० वर्षीय राम खड्का २०२२ सालमा डोटीको सिलगढीबाट बसाइँ सरेर यहाँ आउनुभयो । डोटीमा खेती गर्न जग्गा नभएपछि यहाँ आएका खड्का दुई बिघा जमिनमा खेती गर्दै आउनुभएको छ ।

सुक्खा बन्दरगाह निर्माणपछि यहाँ ठूला उद्योग खुल्ने सुनेका उहाँमा स्थानीयस्तरमै रोजगारी पाउने आशा पलाएको छ । घर छेउमै सुक्खा बन्दरगाह निर्माणको थालनी भएपछि यहाँका युवाले रोजगारीका लागि भारतीय सहर जानुनपर्ने बाध्यता हट्ने आशा छ । “त्यसबेला सडक, बिजुली बत्ती केही थिएन, जङ्गली जनावर र भारतीय लुटेराको डर हुन्थ्यो”, उहाँले विगत सम्झिँदै भन्नुभयो, “यसरी घर छेउमै सुक्खा बन्दरगाह निर्माण होला भनेर सोच्न पनि सकेका थिएनौँ ।” दोधारा चाँदनीमा बन्दरगाह निर्माणका लागि रुख कटानको काम सुरू भएको छ । बन्दरगाहकै लागि महाकाली नदीमा चार लेनको पक्की पुल र पूर्वपश्चिम राजमार्गको गड्डाचौकीबाट सुक्खा बन्दरगाह निर्माणस्थलसम्म छ लेनको सडक बनेको छ ।

उहाँका छोरा महाकाली चार लेन पुल निर्माण कम्पनीको टिपर चलाउँथे । पुलको काम सम्पन्न भएपछि अहिले घरमै बेरोजगार छन् । बन्दरगाह निर्माण सुरू भएपछि छोराले पुन: घर नजिकै रोजगारी पाउने आशा उहाँको छ । “बन्दरगाह बनेपछि घर नजिकै हामीले पनि रोजगारी पाउने आशा गरेका छौँ”, उहाँले भन्नुभयो, “धेरै पहिलादेखि बन्छबन्छ भन्थे अहिले बन्दरगाह निर्माणका लागि रुख कटान गर्न थालेपछि यहाँका स्थानीयमा रोजगारी पाउने आशा जागेको छ ।” उहाँले महाकाली नदीमा पुल र चाँदनीसम्म छ लेनको कालोपत्र सडक बनेपछि यहाँको मुहार परिवर्तन भएको बताउनुभयो । “दुई बिघा जग्गा छ, पहिलेको जस्तो उत्पादन पनि हुँदैन”, खड्काले भन्नुभयो, “बन्दरगाह निर्माणले यहाँको आर्थिक अवस्था परिवर्तन होला भन्ने पर्खाइमा छौँ ।”

यहाँ सुक्खा बन्दरगाह बन्ने भएपछि दोधारा चाँदनीको स्वरूप परिर्वतन भएको छ । “विगतमा महेन्द्रनगर आवतजावत गर्न भारतीय बाटो शारदा ब्यारेज भएर जानुपथ्र्यो,” चाँदनीका स्थानीय नीरज भट्टले भन्नुभयो, “पक्की पुल र सुक्खा बन्दरगाह बन्ने भएपछि आवतजावतमा सहज त भयो नै जग्गाको मूल्यवृद्धि र रोजगारीको बाटा खुलेका छन् ।” दोधारा चाँदनीका अधिकांश युवा रोजगारीका लागि भारतका विभिन्न सहर धाउनुपर्ने बाध्यता रहेको बताउँदै सुक्खा बन्दरगाह बनाउँदा स्थानीयलाई रोजगारीको सबैभन्दा ठूलो आशा रहेको उहाँको भनाइ छ ।

सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिमको सम्भावनाको ढोका खुल्ने नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लको बुझाइ छ । उहाँले भारतको राजधानी नयाँ दिल्ली र उत्तराखण्डस्थित औद्योगिक क्षेत्र रुद्रपुरसम्म सहज पहुँच हुने हुँदा सुदूरपश्चिमको विकासमा ठूलो योगदान मिल्ने बताउनुभयो । “रुद्रपुर भारतकै ठूलो औद्योगिक क्षेत्र हो, नेपालको गड्डाचौकीनाकाबाट भारतको औद्योगिक क्षेत्र पुग्न दुई घण्टा लाग्छ तर यति छोटो दूरीमा रहेको औद्योगिक क्षेत्रसँग सुदूरपश्चिमले अहिलेसम्म व्यापारिक कारोबार गर्न पाएको छैन”, उहाँले भन्नुभयो, “सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आएपछि यस क्षेत्रको व्यापार विस्तारको ढोका खुल्छ र रोजगारीको अवसर सृजना हुन्छन् ।”

नेपाल इन्टरमोडल यातायात विकास समितिले बन्दरगाह निर्माणका लागि गौरीशङ्कर सामुदायिक वनमा रुख कटानको काम सुरू गरेको छ । समितिका इञ्जिनियर अनिश केसीले बन्दरगाह निर्माणका लागि एक हजार ५९३ रुख काट्नका लागि रु ४१ लाखमा ठेक्का सम्झौता भएर रुख कटानको काम भइरहेको जानकारी दिनुभयो ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौताअनुसार दुवैतर्फबाट काम भइरहेको छ । भारतीय पक्षले बन्दरगाह निर्माणका लागि दुई अर्ब ५४ करोड ३१ लाख ९९ हजार भारतीय रुपैयाँ लागतमा बोलपत्र आह्वान गरिसकेकोे छ । सुक्खा बन्दरगाहस्थल खाली गरेर भारतीय पक्षलाई हस्तान्तरण भएपछि पूर्वाधार निर्माणको काम सुरु हुने छ ।

बन्दरगाह निर्माणका लागि प्रयोग हुने ४२ दशमलव ३६ हेक्टर क्षेत्रफलमा दुईवटा गोदाम भवन, भन्सार चेकजाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवनलगायत पूर्वाधार निर्माण हुने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिममी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ । रासस