२८ आश्विन २०८१, सोमबार
,
Latest
तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा… सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टेरमा अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज दुर्घटना न्यूनीकरणका लागि नि:शुल्क खाजासहितको विश्रामस्थल नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार भारतलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा काठको अवैध ओसारपसार गरिरहेको अवस्थामा एक जना पक्राउ पिङ संरक्षणमा जुटे युवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीमाथि ढुङ्गामुढा, दुई प्रहरी जवान घाइते



अ+ अ-

बाजुरा । जिल्लाको बूढीगङ्गा नगरपालिका–७ का युवक दिलीप केसीको समूहले शनिबार प्रहरीमाथि ढङ्गामुढा प्रहार गरेको छ । स्थानीय पारस रावतलाई कुटपिट गरेको भनेर पीडितले प्रहरीकहाँ निवेदन दिएका आधारमा बूढीगङ्गा–७ का वडाध्यक्ष भुवन केसीका छोरासमेत रहेका दिलीपलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा स्थानीय गाउँलेलाई खबर गरेपछि गाउँमाथिबाट एकाएक प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरिएको प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताउनुभयो ।

बेतालमाडौँ बजारमा व्यवसाय गर्दै आएका पारस रावतमाथि स्थानीय युवाहरुले कुटपिट गरेको निवेदनका आधारमा प्रहरीले नियन्त्रणमा लिन खोज्दा र दिलीप केसीले ढोका नखोल्दा प्रहरीलाई माथिबाट भएको ढुङ्गामुढाबाट दुई प्रहरी जवान घाइते भएको प्रहरी निरीक्षक तथा कार्यालयका प्रवक्ता दानबहादुर रोकायाले जानकारी दिनुभएको छ ।

घाइते प्रहरी जवानको टाउको र कम्मरमा चोट लागेको छ । ढुङ्गामुढा प्रहारबाट रिठ्ठा प्रहरी चौकीका इन्चार्ज र एक प्रहरी जवान घाइते भएका छन् । घाइते जवान अछामको बयालपाटा अस्पतालमा उपचारपछि चौकी फर्किएका छन् । प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्ने केसीसहितका युवालाई प्रहरीले खोजिरहेको छ ।