३ पुष २०८२, बिहीबार
,
Latest
रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश यस्तो बन्यो एमालेको टिम प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्र र पत्रकारिता एउटा सिकाका दुई पाटा- रेवतीरमण भण्डारी



अ+ अ-

विराटनगर। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले लोकतन्त्र र पत्रकारिता एक सिकाका दुई पाटा भएको बताउनुभएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज यहाँ आयोजित अन्तरक्रियामा उहाँले बजेट, नीति तथा कार्यक्रम तयार गर्ने अवस्थामा सरकारले आम सञ्चारकर्मीबाट सुझावको अपेक्षा राखेको बताउनुभयो । उहाँले लोकतन्त्रमाथि चुनौती दिने र यसको गरिमालाई कमजोर बनाइ जनतामा भ्रम सिर्जना गर्नेसँग सावधान रहन आग्रह गर्नुभयो ।

विद्यमान व्यवस्थामा भएका कमी कमजोरीलाई सच््याउन सकिने तर लोकतन्त्रको विकल्प खोज्न नहुने उल्लेख गर्दै मन्त्री भण्डारीले भन्नुभयो, “पत्रकारिता क्षेत्रलाई बलियो एवं सुदृढ गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।”

मन्त्रालयका सचिव रामप्रसाद आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्का र नेपाल पत्रकार महासङ्घ मोरङ शाखाकी अध्यक्ष सुशीला पाठकले पत्रकारिताको विकाससँगै लोकतन्त्रको विकास हुने तर्क गर्नुभयो ।

‘विश्वसनीय सूचनाको अधिकार : जवाफदेहीता पत्रकारिता र सुरक्षित पत्रकार’ प्रमुख नारा रहेको पत्रकारिता दिवसको सो कार्यक्रममा स्वतन्त्र पत्रकार यज्ञ शर्माले पत्रकारिताको समस्या र समाधानका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।