
काठमाडौँ। विश्व प्रसिद्ध फुटबल स्टार क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियर पोर्चुगलको यू-१५ राष्ट्रिय टोलीमा परेका छन्।
मिडिया रिपोर्ट अनुसार, १३ वर्षीय जुनियरलाई मे १३ देखि १८ सम्म क्रोएसियामा आयोजना हुने भ्लात्को मार्कोभिक अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि २२ सदस्यीय टोलीमा समावेश गरिएको हो।
हाल अल नासर फुटबल क्लबको एकेडेमीमा प्रशिक्षण लिइरहेका क्रिस्टियानो जुनियरको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हुनेछ। प्रतियोगितामा पोर्चुगलले इङ्ल्याण्ड, जापान र ग्रिससँग प्रतिस्पर्धा गर्नेछ। उनको छनोटसँगै विश्वभरका फुटबलप्रेमीले उनीबाट भविष्यमा पनि रोनाल्डोजस्तै प्रदर्शनको अपेक्षा गरेका छन्।