५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिन सांसदहरूको आग्रह



अ+ अ-

काठमाडौँ। सांसदहरूले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विभिन्न क्षेत्रका बारेमा राम्रा पक्ष समेटिएका र अब तिनको कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार केसीले नीति तथा कार्यक्रममा समेटिएका बुँदाका आधारमा बजेट आउनुपर्ने र कार्यान्वयनमा जानुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “पर्यटन, जलस्रोत, कृषि आदि क्षेत्र सबैमा सम्भावना छ । हामीले आफ्ना स्रोतलाई बेवास्ता गरेका छौँ । अब बजेट निर्माणमा युवाहरुलाई लक्षित कार्यक्रम ल्याउन जरूरी छ ।”

सांसद शोभा ज्ञवालीले तीनै तहका सरकारको योजनामा दोहोरोपन आउन नदिन र समन्वयसहितको बजेट ल्याउन आग्रह गर्नुभयो । “नीति तथा कार्यक्रमअनुसार बजेट आउने हो भने विकास निर्माणको काम गर्न सक्छौँ ।

यसले सबै क्षेत्र समेटेको छ । नीतिले उद्यमशीलतामा जोड दिने भनेको छ, अब रोजगारीको सिर्जना र अर्थतन्त्रमा सुधार ल्याउने गरी ठोस योजना आवश्यक छ”, उहाँले भन्नुभयो ।