१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोबाट ज्यान गुमाउनेको संख्या दशककै उच्च



अ+ अ-

काठमाडौं । गत ३० जेठबाट सुरु मनसुनका कारण प्राकृतिक विपत्तिका घटनामा परी हिजो मंगलबारसम्म देशभर १ सय १७ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसवर्ष मनसुन सुरु भएको पहिलो महिना अघिल्ला दस वर्षको तुलनामा धेरै मानवीय क्षति भएको छ । जसअनुसार गत ३० जेठयता हिजो मंगलबारसम्म पहिरोका कारण देशभर १ सय १४ जनाको मृत्यु भएको छ भने बाढीका कारण तीन जनाले ज्यान गुमाइसकेका छन् । पहिरोमा ४६ बेपत्ता र मंगलबार साँझसम्म ९१ जना घाइते भएका छन् । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार यसपटक मनसुन पहिलो महिना पहिरोबाट भएको मानवीय क्षति एक दशककै उच्च हो ।

गत वर्ष मनसुन पहिलो महिना पहिरोमा ३३ जनाले जनाले ज्यान गुमाएका थिए । २०७५ मा १०, २०७४ मा २३ तथा २०७३ मा १९ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । त्यस्तै, २०७२ सालमा मनसुन पहिलो महिना पहिरोबाट १३, २०७१ मा १७, २०७० मा २९, २०६९ मा १७, २०६८ मा ३८ तथा २०६७ मा परि ३८ जनाकै ज्यान गएको थियो । कार्यकारी प्रमुख पोखरेल मनसुनका कारण यस वर्षको पहिलो महिनामा धेरै क्षति व्यहोर्नुपरेको बताउ“छन् । ‘पछिल्ला केही वर्षको मनसुनको पहिलो महिना हेर्दा यस वर्ष राम्रो संकेत देखिएन,’ उनले राजधानीसित भने, ‘पहिलो महिनामै पहिरोबाट धेरै मानवीय क्षति हुन पुगेको छ ।’

मनसुन पहिलो महिनामै धेरै क्षति हुनु ‘प्रि–मनसुन’मा भएको भारी वर्षा मानिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यसवर्ष ‘प्रि–मनसुन’मा मुलुकका धेरै स्थानमा औसतभन्दा बढी वर्षा भएको छ । मनसुनअघिको एक महिनाको रेकर्डअनुसार धनगढीमा १७६।३ मिलिमिटर वर्षा भएको छ । त्यहाँ हुनुपर्ने औसत वर्षा ७८.९ मिलिमिटरमात्रै हो । त्यस्तै, पोखरामा २५९.२ मिलिमिटर वर्षा हुनुपर्नेमा ४६६.९८ र सिमरामा १३०.९ मिलिमिटर वर्षा हुनुपर्नेमा २०२.७ मिलिमिटर वर्षा भएको छ ।

नेपालमा वर्षभर हुने करिब ८० प्रतिशत वर्षा मनसुनमा हुने गरेको छ । प्राधिकरणले नेपालमा मनसुनी प्रभाव सक्रिय रहने समय सय दिनलाई मान्दै आएको छ । राजधानी दैनिक