२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन खुलेको पहिलो दिनमै उपत्यकाका सडकमा यसरी बढ्यो सवारी चाप, हेरौ यी तस्विरहरु



अ+ अ-

काठमाडौं । २०७६ चैत ११ गतेदेखि लागू भएको बन्दाबन्दी बुधबारबाट औपचारिक रुपमा अन्त्य भएपछि काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढेको छ ।  

एक सय २० दिन लामो लकडाउन अन्त्य गर्दै सरकारले अधिकांश क्षेत्रलाई खोलेको छ । सवारी साधन सञ्चालनमा लागू भएको जोर विजोर प्रणाली पनि हटेको छ । त्यसैले काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी चाप बढेको छ । 

यस्तै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएका अधिकांश क्षेत्रलाई सरकारले खोलेको छ । यद्यपि केही क्षेहरुमा भने प्रतिबन्ध कायम नै छ । अधिकांश क्षेत्र खुलेपछि जनजीवन समान्य रुपमा फर्कन थालेको छ । मानिसहरुको आवागमन बढेपछि काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको चाप बढेको हो । 

सडकमा निजी तथा सार्वजनिक सवारी सधानहरु बाक्लो संख्यामा देखिएका छन् । मुख्य मुख्य चोकमा ट्राफिक जाम देखिएको छ ।  सार्वजनिक बसमा यात्रा गर्ने यात्रुले मास्क लगाएको देखिन्छ भने सडकमा यात्रा गर्ने यात्रुले पनि सतर्कता अपनाएका छन् । सरकारले अन्तरजिल्ला सार्वजनिक सवारी साधन सञ्चालन भने भदौ १ गते सम्म बन्द गरेको छ । जनजीवन समान्य बनाउन लकडाउन खोले पनि संक्रमणको जोखि कायम नै रहकोले सतर्क रहन सरकारले आग्रह गरेको छ ।