जेनेभा । कोरोना भाइरस (कोभिड–१९) बाट बुधबार साँझसम्म विश्वभर १ करोड ५० लाख ७७ हजार १ सय ८२ जना संक्रमित भएका छन् । भाइरसका कारण ६ लाख २० हजार २ सय ५७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । संक्रमितमध्ये हालसम्म ८५ लाख ८८ हजार ७ सय ५७ जना निको भएका छन् ।
चीनको वुहान सहरबाट गत वर्षको डिसेम्बरमा सुरु भएको भाइरसका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लूएचओका अनुसार अमेरिकामा मात्र ३९ लाख ५५ हजार ८ सय ६० जना कोरोना भाइरसका संक्रमित छन् । भाइरसका कारण अमेरिकामा १ लाख ४२ हजार ९ सय ४२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ३३ लाख ७५ हजार ५३ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख २१ हजार ४ सय १५ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४७ लाख २२ हजार ३ सय ६५ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ९९ हजार ७ सय ८३ जनाको मृत्यु भएको छ ।
युरोपमा २७ लाख २ हजार ९७ संक्रमित रहेका छन् भने १ लाख ९९ हजार ७ सय ४९ जनाको मृत्यु भएको छ । एसियामा ३५ लाख ३१ हजार ९७ जनामा संक्रमण पुष्टि भएको छ । एसियामा ८२ हजार ७ सय २३ जनाको मृत्यु भएको छ । अफ्रिकामा ७ लाख ५३ हजार ९ सय १४ जनामा संक्रमण पुष्टि भइसकेको छ । १५ हजार ७ सय ७९ जनाको मृत्यु भएको छ । कान्तिपुर दैनिक