२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राधिकरणबाट रु सवा तीन अर्ब राजश्व सङ्कलन



अ+ अ-

वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले आर्थिक वर्ष २०७/७७ मा रु ३४ करोड १७ लाख ७१ हजार ९८३ युनिट विद्युत् बिक्री गरी रु तीन अर्ब २५ करोड २३ लाख ७७ हजार ५२१ राजश्व सङ्कलन गरेको छ । वितरण केन्द्रले गत आवमा कालोसूचीमा रहेका ग्राहकमध्ये ३७ ग्राहकलाई जरिवाना गरी रु १८ लाख ८१ ह्जार ६४८ उठाएको केन्द्र प्रमुख शम्भु कुसियत यादवले राससलाई बताउनुभयो । 

 खम्बामा तार घुसाउने र  मिटरबाट विद्युत् चुहावट गर्ने ११०  ग्राहकलाई कारवाही गरी रु २५ लाख ९० हजार जरिवानावापत उठाइएको सो कार्यालयले जनाएको छ । सत्चालीस हजार ८२९ उपभोक्ताले विद्युत् प्रयोग गर्दै आएकामा केन्द्र एक हजार २२८ ग्राहकको लाइन काटी रु पाँच करोड ३८ लाख बक्यौता उठाउन सफल भएको छ । 

विद्युत् चुहावटलाई ४ दशमलव ५ प्रतिशतमा झार्ने वार्षिक लक्ष्य रहेकामा  कार्यालयले कडाइ गरी अहिले वार्षिक विद्युत् चुहावट ३ दशमलव ८ प्रतिशतमा झारेको छ । केन्द्रले विद्युत् चुहावट रोक्न  नियमित छड्के तथा अनुगमन थालेको छ ।