२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप १४७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मृत्यु हुनेमा वीरगञ्ज माइस्थानका ७० वर्षिय वृद्ध रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्वास प्रस्वासमा समस्या आएपनि उनी नारायणी अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनको साउन ७ गते मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

बिहीबार पीसीआर विधिबाट ३ हजार ४ सय ८१ जना नमुना परीक्षण भएका छन् । जसमा १ सय ४७ जनामा कोरोना पोजेटिभ देखिएको छ । अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ३ सय ५८ जना संक्रमित उपचाररत रहेका छन् । बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ । बिहीबार १ सय ५६ जना गरी अहिलेसम्म १२ हजार ८ सय ४० जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । अहिले देशभरीका क्वारेन्टिनहरुमा २० हजार ९८ जना रहेका छन् ।