१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने

कांग्रेस महाधिवेशन अन्योलमा

कांग्रेस महाधिवेशन अन्योलमा
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्योलमा परेको छ । विधानअनुसार गत फागुनमै हुनुपर्ने महाधिवशेन विशेष कारण देखाई आगामी फागुनसम्मका लागि थपिएको छ । तर पार्टीभित्रको आन्तरिक विवादका कारण आन्तरिक संरचनामा समायोजनको कामले अझै पूर्णता पाउन सकेको छैन । कोरोना संक्रमणको जोखिम, संघीय संरचनाअनुसारको समायोजन, सदस्यता नवीकरणको काममा पार्टीका शीर्ष नेताहरुबीच धेरै कुरा मिल्न सकेको छैन् । संघीयताअनुसारका पार्टी संरचना समायोजनका काम पनि कांग्रेसले अगाडि बढाउन सकेको छैन । १३औँ महाधिवेशनदेखि जारी रहेको सदस्यता नवीकरणको विवाद कायमै छ । संगठन समायोजनको समय यही साउन १० गतेसम्मका लागि तोकिएको छ ।

तर, पार्टीमा औपचारिक रूपमा अहिलेसम्म २६ जिल्लामा समायोजन गर्नेमा विवाद छ । २ नम्बर प्रदेशका सबै जिल्लामा समायोजनको काम अगाडि बढ्न सकेको छैन् । नेपाली कांग्रेसका नेता राजन केसीले जसरी पनि महाधिवेशन समयमा हुने दाबी गर्छन् । उनले भने–‘छिटोमा फागुन र ढिलोमा भदौसम्म महाधिवेशन हुन्छ ।’ आगामी महाधिवेशनमा पनि सभापति शेरबहादुर देउवाले पुनः सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । आफू अनकूलको परिस्थिति तयार नहुँदासम्म सभापति देउवा महाधिवेशन गर्न तयार नहुने रणनीतिमा रहेको बताइएको छ । पार्टीको विधानअनुसार विशेष कारण देखाएर एक वर्ष म्याद थपिएको छ । यद्यपि देउवासँगै अझै छ महिना महाधिवेशन लम्ब्याउन सक्ने विकल्प बाँकी नै रहेको छ । संविधानअनुसार पनि अझै छ महिना महाधिवशेनको म्याद थप्न सकिने प्रावधान रहेको छ ।

नेपाली कांग्रेसका नेता प्रदीप पौडेल आगामी फागुनमै महाधिवेशन गर्नुको विकल्प नभएको बताउछन् । उनले भने– ‘आन्तरिक समायोजनको काम तीव्र गतिमा अगाडि बढेको छ, सदस्यता नवीकरणको कामले कार्यकर्तास्तरमा उत्साह थपिएको छ, कार्यकर्ताको सक्रियताले पनि अब थपिएकै समयभित्र महाधिवेशन हुन्छ ।’ कार्यतालिका नै सार्वजनिक भएर काम अगाडि बढेकाले पनि समयमै महाधिवशेन गर्नुको विकल्प नभएको पौडेलले बताए। कांग्रेसमा क्रियाशील सदस्यता नवीकरणको बढी विवाद हुँदै आएको छ । यसअघिको पुरानो सदस्यताको विवाद पनि केन्द्रले मिलाइसकेको छैन । कांग्रेसमा क्रियाशील सदस्यबाटै महाधिवेशन प्रतिनिधि छनोट हुने प्रावधान रहेको छ । सदस्यमा आफ्नो गुटनिकट धेरैलाई पार्न सके महाधिवेशनमा हाबी हुन सक्ने भएकाले पनि नेताहरूबीच आफ्नो गुटकालाई सदस्य बनाउने दौडधुप शुरु भएको छ ।

पार्टीभित्र क्रियाशील सदस्यताको विवाद हरेक महाधिवेशनमा मुख्य विवाद बन्ने गरेको छ । महाधिवेशनको मुखमा आफू निकटकालाई मात्र सदस्य दिन खोज्ने प्रवृत्तिका कारण विवाद हुने गरेको छ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीले महाधिवेशनको मिति तय गरिसकेको अवस्थामा केन्द्रीय सदस्य मनोनयन, विभागमा सदस्यता थप र मनलाग्दी ढंगबाट क्रियाशील सदस्यता वितरण गर्ने काम गलत भएको बताए । उनले भने– ‘पदाधिकारीको बैठकले ल्याएको कार्यतालिकालाई केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गरेको हो, आगामी फागुन ७ गते महाधिवेशन हुनुपर्छ ।’ पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई विधिअनुरुप नचलाएको बताउँदै आफू तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको बताए। ‘सभापति देउवाको गलत कदमविरुद्ध लड्न तयार छौं, तर तोकिएको मितिमा महाधिवेशन हुन्छ कि हुँदैन शंका छ’ –नेता कोइरालाले भने।

कांग्रेसको विधानअनुसार प्रत्येक चार वर्षमा महाधिवेशन भएर नयाँ नेतृत्व चयन हुनुपर्ने हुन्छ । २० फागुन ०७२ मा महाधिवेशन भएपछि गत १९ फागुनमा देउवाको नियमित चारवर्षे कार्यकाल सकिएको थियो । विधानले दिएको विशेष अवस्थामा एक वर्ष कार्यकाल थप गर्न पाउने सुविधालाई टेकेर देउवाले पार्टीका सबै तहको कार्यकाल एक वर्ष थप गरेका थिए । तर, थप गरिएको एक वर्षमा पनि महाधिवेशन गर्न देउवा नेतृत्वलाई जटिल हुने अवस्था सृजना भएको देखिन्छ ।

कुनै पनि बहानामा ७ फागुनसम्म महाधिवेशन गर्नुपर्ने दबाब सभापति देउवामाथि परेको छ । १३औं महाधिवेशनमा कांग्रेसको ४ लाख ७० हजार क्रियाशील सदस्य रहेका थिए ।विवादको कारण ५० हजार क्रियाशील सदस्यले महाधिवशेनमा भाग लिन पाएनन् । महाधिवेशन भएको पाँच वर्ष बितिसक्दा समेत ५० हजार क्रियाशील सदस्यको बारेमा कांग्रेसले अझै निर्णय लिन सकेको छैन । नेपाल समाचारपत्र दैनिक