१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने

कोरोनाको अति जोखिममा सहर

कोरोनाको अति जोखिममा सहर
अ अ+ अ-

काठमाडौं । काठमाडौंमा झट्ट बाहिर निस्किँदा कोरोना भाइरसको जोखिम छैन, जस्तो लाग्छ। चोक, पसल, होटल, क्याफे सबैतिर मानिसको भीडभाड देखिन्छ। बाहिर गल्ली सडकमा मानिसको उही किसिमको चाप सुरु भएको छ। अधिकांशले सुरक्षा सावधानी अपनाएको देखिँदैन। साना चिया पसलहरूमा चिया चुरोट खानेहरूको भीड पुरानै अवस्थामा फर्किसकेको छ। ठूला क्याफेहरू पनि भरिभराउ हुन थालेका छन्।

बिहीबार राजधानीका चाबहिल, पुतलीसडक, अनामनगरलगायतका तरकारीदेखि कपडा पसलहरूमा मानिसहरूको घुइँचो थियो। पसलेले एकाध पसलबाहेक अधिकांशले आउने ग्राहकको बीचमा दूरी कायम गराएका छैनन्। पसलेहरूलाई ग्राहकबीचको भौतिक दूरीभन्दा पनि व्यापारको बढी चिन्ता भएको देखिन्छ। पसले भीड लागेकोमा नै खुसी भएको देखिन्थे। सुरुसुरुमा दूरी कायम गरे पनि भीड बढ्न थालेपछि दूरी कायम गराउन नसकिएको पसलेहरू बताउँछन्। ‘सुरुसुरुमा दूरी कायम गरेरै बेच्थ्यौँ,’ चाबहिलका एक तरकारी पसले भन्छन्, ‘लकडाउन खुलेसँगै मान्छे एकै चोटी आउँछन्। दूरी कायम गराउनै सकिँदैन।’

प्रायः पसलहरूले ग्राहकका लागि स्यानिटाइजरको व्यवस्था हटाइसकेको देखियो। पहिले भएका ठाउँमा समेत अहिले भेटिएन। स्यानिटाइजरको प्रयोग गरेर व्यापारमा खर्च नबढाउने दाउमा क्याफे, पसलका साहुजीहरू भएको अनुमान सहजै लगाउन सकिन्छ। राजधानीका अधिकांश होटल क्याफेमा पहिला ग्राहक बसेको टेबल कुर्सीमा स्यानिटाइज नगरी अर्को ग्राहक बस्ने गरेका छन्। भित्तामा ‘सामाजिक दूरी कायम गरेर बसौं’ लेखिएको छ। तर व्यवहारमा दूरी कायम छैन। मझौला र साना चिया पसलमा त दूरी कायम गर्ने ठाउँ पनि छैन। बस्ने ठाउँ साँघुरो छ। आउने ग्राहकमा पनि खासै सचेतता भएको देखिँदैन। पुरानै अवस्थामा झैँ बस्ने खाने गरेका छन।

सरकारले लकडाउन खुलाएसँगै बुधबारबाट उपत्यकाभित्र सार्वजनिक सवारीहरू चल्न सुरु गरेका छन्। यात्रा गर्ने धेरै यात्रुहरूको भीड भने देखिँदैन। तर सबै सवारीचालकले सुरक्षा सामग्री भने अपनाएका छैनन्। बिहीबार राजधानीका चलेका सवारी हेर्दा एकाध ड्राइभरले फेस सिल्डसम्म लगाएको देखियो। बाँकीले भने मास्क मुख छोप्नभन्दा पनि चिउडोको सुरक्षा गर्न लगाएका थिए। सवारीमा यात्रुका लागि अरू सुरक्षा नभएको चालकहरूको भनाइ थियो। ‘यात्रुका लागि हामीले दूरी कायम गरेर राख्नेबाहेक अन्य सुरक्षा अपनाएका छैनौं,’ काठमाडौं –भक्तपुरका बस चालक लक्ष्मीनारायण सुलाले भने, ‘कार्यालय समयमा त यात्रुको चाप धेरै भएर दूरीसमेत कायम गराउन सकिँदैन। स्यानिटाइजर राखेर साध्य हुन्न। मास्क यात्रु आफैंले लगाएर चढ्छन्।’

सहरमा कोरोना संक्रमणको सुरक्षा प्रबन्ध हेर्दा लाग्छ, मानिसले अब कोरोनासँगको लडाइ जितिसके। अब सहरमा जोखिम छैन। तर संक्रमित दिनानुदिन बढ्दै छ। बिहीबार मात्रै उपत्यकामा ९ जना थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए। मानिसहरूले अहिलेको अवस्थालाई लिएर हेलचेक्र्याइँ गर्ने अवस्था नभएको विज्ञहरू बताउँछन। उपत्यकामा बाहिरबाट आउने मानिसहरूको बढ्दो क्रम रहेको छ। उनीहरू आउनेबित्तिकै काममा निस्कने भीडभाडमा जाने भएकाले जोमिख बढी नै भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा। अनुप बाँस्तोलाले बताए। ‘सरकारले लकडाउन खोलेसँगै संक्रमित बढी भएको ठाउँबाट पनि उपत्यका आउने संख्या धेरै छ,’ उनले भने, ‘आउने मानिस क्वारेन्टिन बस्नेभन्दा, काममा फर्किन थालेका छन्।

धेरैले सरकारले जारी गरेको मापदण्ड पनि पूरा गरेका छैनन्। जसले गर्दा उपत्यकामा जोखिम बढ्दो देखिन्छ।’ कोरोना पछिको यो नयाँ जीवन भएकाले आम मानिसले नयाँ तरिकाबाट चल्न सिक्नुपर्ने उनले बताए। ‘कोरोनाको समयमा यो हाम्रो नयाँ जीवन हो,’ उनले भने, ‘हामीले नयाँ ढंगले जीउने बानी बसाल्नु पर्छ। आफ्नो सुरक्ष प्रबन्ध गरेर मात्र काममा निस्किनु पर्छ।’ होटल, व्यवसायी, सवारी चालकलगायत व्यक्ति आफैंले सचेत नभए राजधानी कम नहुने उनले बताए। अन्नपुर्णपोष्ट दैनिक