१६ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जातीय विभेद विरुद्ध माइतीघर प्रदर्शन, हेरौ यी तस्विरहरु



अ+ अ-

काठमाडौं । सोती लगायतका देशभर भएका जातीय घटना र विभेद विरुद्ध शुक्रबार प्रदर्शन गरिएको छ । 

संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित नागरिक समाजले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गरेको हो । रुकुम पश्चिमको सोतीमा भएको घटना लगायत देशभरी भएका जातीय हत्या र विभेद विरुद्ध शुक्रबार माइतीघर देखि बानेश्वर सम्म विरोध र्याली समेत निकालिएको थियो । 

गत जेठ १० गते भएका रुकुम घटनाका दोषि, गत जेठ २७ गते प्रहरी हिरासतभित्र मृत भेटिएका शम्भु सदाको घटना लगायत देशभरी घटेका जातीय विभेदका घटना विरुद्ध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरुले ‘विभेदकारी सरकार खवरदार’, ‘सोती घटनाका दोषिलाई कारवाही गर’, ‘मान्छे मार्न पाइदैन’, ‘पीडितलाई न्याय दे’, ‘हत्या, हिंसा र बलात्कार बन्द गर’ लगायतका नारा लगाएका थिए । 

प्रदर्शनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, नेपाली कांग्रेसका नेता मिन बहादुर विश्वकर्मा लगायतका विभिन्न पार्टीका नेताहरुको पनि सहभागिता रहेको थियो ।