काठमाडौं । हत्याको अभियुक्त शसस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालालाई थुना मुक्त गर्ने आदेश र बुढानिलकण्ठमा भएको हिट एण्ड रन केसमा सर्वोच्च अदालतले गरेको फैसलाप्रति असन्तुष्टि जनाउदै माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
नागरिक समाजका नाममा भएको विरोध कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश सपना मल्ल प्रधानलाई लाई महाभियोग लगाउन माग गरिएको थियो । ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाभियोग, भागवण्डाको गोटीले हत्यारा छुट्यो भेटीले’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर गरिएको प्रर्दशनमा प्रर्दशनकारीहरुले फैसलामा संग्लन न्यायधीसहरु लाई महाभियोग लगाएर जेल चलाउन गर्न उनीहरूले माग गरेका छन्।
असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले श्रीमती मार्ने पूर्वडिआइजी रञ्जन कोइरालालाई जन्मकैदबाट साढे ११ वर्ष कैद घटाएर साढे ८ वर्ष पुर्याइदिए पछि कोईराला बिहीबार सदरखार डिल्लीबजार बाट रिहा भएका छन् ।
त्यस्तै, अदालतले बुढानिलकण्ठ ुहिट एन्ड रनु मुद्दाका अभियुक्त पृथ्वी मल्ललाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो।
मल्लले मादकपदार्थ सेवन गरेर तीव्र गतिमा चलाएको कारले सात महिना अघि गोरखा घर भएकी लीला देवकोटालाई फुटपाथमै चढेर ठक्कर दिएपछि उनको मृत्यु भएको थियो।











