१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार

पदका लागि पार्टी फुटाउने धृष्टता बन्द गर्नुस्– गोकुल बाँस्कोटा

पदका लागि पार्टी फुटाउने धृष्टता बन्द गर्नुस्– गोकुल बाँस्कोटा
अ अ+ अ-

काभ्रे । नेकपा स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ३२ र १५ वर्ष पार्टीको नेतृत्वमा रहँदा गर्न नसकेको काम दुई वर्षमा हुन नसक्ने भएकाले नेतृत्व परिवर्तन र प्रधानमन्त्री पदका लागि महाधिवेशन तथा निर्वाचन पर्खन अनुरोध गरेका छन् । ज्ञवालीसँगै केन्द्रीय सदस्यद्वय एवं पूर्वमन्त्रीहरू आनन्द पोखरेल र गोकुल बाँस्कोटाले अध्यक्ष प्रचण्ड र नेता माधव नेपालका कारण नेकपाको एकता नसकिँदै मुलुक अस्थिरतातर्फ धकेलिन थालेको बताए ।

मदन भण्डारी फाउण्डेशनद्वारा बनेपामा आयोजित जिल्ला भेला कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले शनिबार सरकारको नेतृत्व छाड्नु पर्नेगरी केपी ओली नेतृत्वको सरकारले कुनै अपराध नगरेकाले मुलुकलाई अस्थिरतातर्फ नलैजान अध्यक्ष पुष्पकमल दाहाल, पूर्व महासचिव माधवकुमार नेपाल, झलनाथ खनाल सहितका नेताहरुलाई अनुरोध गरे । ‘नेपालको नक्सा जारी गरेकै आधारमा राजिनामा दिनुपर्ने हो कि ? अरु कुनै अपराध गर्यो ?’ मन्त्री ज्ञवालीले भन्नुभयो–‘नक्सा जारी गर्न रहर भएकाहरुले यसअघि नेतृत्वमा हुँदा किन नगरेको ? छापाखाना हुँदैमा जारी हुने हो नक्सा ? यसका लागि मुटु भएको नायक चाहियो ।’ कोरोना भन्दा देशको चिन्ता गर्नुपर्ने समयमा नेताहरुले जनतालाई निराश पार्नेगरी गरिरहेको विवादको अर्थ नभएको बताउँदै महाधिबेशनको विकल्प नभएको ज्ञवालीले बताए । ‘केपी ओलीलाई हटाउने भनेको महाधिबेशन र अर्को निर्वाचन मात्रै हो’–मन्त्री ज्ञवालीले भन्नुभयो–‘बहुमतबाट हटाउने सपना नदेख्नुस्, त्यस्तो हुँदा एकता रहँदैन ।’

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको नाम नलिईकन उनले दुई वर्षपछि दुई तिहाई आउने यकिन नभएकोले यही बेला पालैपालो बनौं भन्ने केहीलाई लागेको हुनसक्ने मन्त्री ज्ञवालीले बताए । सरकारले अपेक्षाकृत काम गर्न नसकेको तर्क गर्दै उनले पार्टी र कर्मचारीबाट सहयोग नभएको मन्त्री ज्ञवालीको आरोप थियो । ‘प्रतिपक्षभन्दा चर्को विरोध संसदमा कसले गर्छ देख्नुभएकै छ’– उनले भने– ‘सबैको साथ हुनेहो भने ५ नम्बर गियरमा सरकार चल्यो, अहिले ३ नम्बर गियरमा चलेको छ । नेकपाका दोस्रो पुस्ताका नेताहरु पनि ६० वर्ष नाघेका तर्क गर्दै उनले पार्टी नेतृत्व युवालाई हस्तान्तरण गर्नुपर्छ भने ।

कार्यक्रममा नेकपा नेता एवं पूर्व मन्त्री आनन्द पोखरेलले पार्टीभित्र देखिएको विवाद कुनै विचारको नभई पदका लागि भएकाले जनता र कार्यकर्तालाई निराश नपार्न नेताहरुलाई अनुरोध गरे। महामारीमा जुध्ने बेला नेताहरुको पद लोलुपताले कम्युनिष्ट पार्टी आन्दोलनप्रति नै वितृष्णा जगाएको उनले बताए । केन्द्रीय सदस्य एवं पूर्वमन्त्री तथा नेकपा काभ्रे इन्चार्ज गोकुल बास्कोटाले अध्यक्ष प्रचण्डलाई क्रमभंगताका नाममा पार्टीलाई दुर्घटनामा नलैजान चेतावनी दिए । ‘२६ महिनामा ६ पटक राजीनामा माग्ने ?, कार्यकर्ताहरुलाई राजनीतिक बन्दी बनाएर आफू पदका लागि लड्ने ?’–नेता बास्कोटाले भने–‘नेकपाको चालक दलको सिट फेरिदैन, चालक बदल्ने रहर हुनेहरुले महाधिबेशनसम्म कुर्ने हिम्मत गर्नुपर्छ ।’

पार्टी फुटाउन खोज्नेहरु सिमा नाका कटेर आउने सपना नदेख्न चेतावनी दिदै नेता बास्कोटाले सहमति, सहकार्य, सह अस्तित्व, सुदृढ एकता, सुस्पष्ट एकता र हार्दिकता सहितको एकता नभए सँगै जान नसकिने बताए । कार्यक्रममा नेता रामहरि सुवेदी, नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, गोमा भुर्तेल, चन्द्र लामा, बसुन्धरा हुमागाई, फाउण्डेशनका सचिव कुमार तिमल्सिना, विद्यार्थी नेता जेनिश लामा लगायतले पार्टी एकताका लागि खवरदारी गरेका थिए । भेलाले कुमार तिमल्सिनाको अध्यक्षतामा मदन भण्डारी फाउन्डेन जिल्ला समिति गठन गरेको छ । नेता राकेश लामाको अध्यक्षतामा मदन भण्डारी स्पोर्टस एकेडेमी पनि गठन भएको छ । नेपाल समाचारपत्र दैनिक