१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

उत्तर कोरियामा पनि देखियो कोरोना संक्रमित, सत्तारुढ पार्टीको आकस्मिक बैठक

उत्तर कोरियामा पनि देखियो कोरोना संक्रमित, सत्तारुढ पार्टीको आकस्मिक बैठक
अ अ+ अ-

प्योङयाङ । विश्व नै कोरोना भाइरस (कोभिड–१९) महामारीको त्रासमा रहँदा कोरोनाबाट अलग रहेको उत्तर कोरियामा पनि कोरोना संक्रमण देखिएको छ ।  सबैजसो देशमा कोरोना संक्रमण देखिँदा पनि उत्तर कोरियाले आफ्नो देशमा अहिलेसम्म कोरोना संक्रमित नभेटिएको बताउँदै आएको थियो । उत्तर कोरियामा एक व्यक्तिमा कोरोना संक्रमण फेला परेको पुष्टि भएको छ ।  उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले दिएको खबरअनुसार दक्षिण कोरियाबाट ५ दिनअघि गएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको हो। 

३ वर्ष पहिला उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया गएका ती व्यक्ति जुलाई १९ मा गैरकानुनीरुपमा उत्तर कोरिया फर्केका थिए । कासोङ शहरका उनको परीक्षणका क्रममा कोरोना भाइसर संक्रमण देखिएको महामारीविरुद्ध संस्थाका अधिकारीहरुलाई उद्धृत गर्दै केसीएनएले जनाएको छ । सीमाबाट प्रवेश लगायत सबै कुरामा उच्च सतर्ककता अपनाउँदा पनि कोरोना भाइरस मुलुकमा प्रवेश गरेपछि सत्तारुढ पार्टीको आकस्मिक बैठक बसेको छ। 

देशभित्र कोरोना संक्रमित देखिएपछि सर्वोच्च नेता किम जोङ उनले आकस्मिक रुपमा कोरियन वकर्स पार्टीको पोटिल ब्यूरो बैठक डाके । केसीएनएका अनुसार कोरियन वकर्स पार्टीका अध्यक्षसमेत रहेका किमको अगुवाइमा शनिबार पार्टीको केन्द्रीय कार्यालयमा बैठक बसेको हो । बैठमा महामारीविरुद्धको संस्थाका उच्च अधिकारीहरु, मन्त्रिमण्डका सदस्य, विभिन्न प्रान्तका  प्रशासन अधिकारीहरु, पार्टीका प्रतिनिधिहरु, संस्थानका अधिकारी लगायतको उपस्थिति रहेको थियो । 

५ दिन पहिला  कासोङ शहर आइपुगेका ती कोरोना संक्रमित व्यक्तिले शहरका धेरै जनासँग भेटघाट र सम्पर्क गरिसकेका थिए । यस सहरलाई पूर्णरुपमा सिल गरिससिकएको बताइएको छ । उनको सम्पर्कमा आएकाको खोजी भएइसकेको र ती सबैलाई चिकित्सकको निगरानीमा क्वारेन्टाइनमा राखेको महामारीविरुद्ध संस्थाका अधिकारीलाई उद्धृत गर्दै केसीएनएले खरब दिएको छ । 

महामारीविरुद्धका सबै उपाय अपनाउन किमले सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएको केसीएनए जनाएको छ । अन्नपुर्णपोष्ट दैनिक