३ पुष २०८२, बिहीबार
,
Latest
रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश यस्तो बन्यो एमालेको टिम प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०७२ सालको महाभूकम्पमा निधन भएकाहरूको सम्झनामा बसन्तपुरमा दीप प्रज्वलन



अ+ अ-

काठमाडौं: २०७२ सालको विनाशकारी महाभूकम्पमा ज्यान गुमाएका हजारौं नेपालीहरूको सम्झनामा आज बसन्तपुर दरबार स्क्वायरमा दीप प्रज्वलन गरिएको छ। स्थानीय बासिन्दा, नागरिक समाज, तथा विभिन्न संघसंस्थाहरूको सहभागितामा आयोजित कार्यक्रममा भूकम्प पीडितप्रति श्रद्धाञ्जली अर्पण गर्दै शान्ति दीप बालिएको हो।

कार्यक्रममा सहभागीहरूले मृत आत्माहरूको चिर शान्तिको कामना गर्दै मोमबत्ती बालेका थिए। साथै, उपस्थितहरूद्वारा प्राकृतिक प्रकोपप्रति सजगता र पूर्वतयारीका विषयमा जनचेतना फैलाउनुपर्नेमा जोड दिइयो।२०७२ सालको वैशाख १२ गते नेपालमा गोरखा केन्द्रबिन्दु भएर महाभूकम्प गएको थियो । सात दशमलव छ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए ।

भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए । भूकम्पबाट गोरखा, सिन्धुपाल्चोक सहित काठमाडौँ उपत्यका सबैभन्दा बढि प्रभावित भएको थियो । सो विनाशकारी घटनाको स्मृतिमा हरेक वर्ष देशका विभिन्न स्थानहरूमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिँदै आएको छ।