काठमाडौं । लकडाउन खुलेसंंगै गृह मन्त्रालयले मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न पुनः निर्देशन दिएको छ। गृह मन्त्रालयले आईतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यस्तो निर्देशन दिइएको हो ।
मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार लकडाउन खुलेसँगै कोरोना संक्रमणको जोखिम बढे पनि सर्वसाधरण मास्क नलगाइ बाहिर निस्कने क्रम बढेपछि गृहले मास्क नलगाई बाहिर निस्कनेलाई संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गर्न निर्देशन दिएको बताए ।
गृहमन्त्रालयले यसअघि पनि लकडाउन नखुल्दै असार २२ गते मास्क नलगाई हिँड्नेहरूलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो।
केही जिल्लामा निर्देशनको पालना भए पनि धेरैले मास्क नलगाई हिँड्ने गरेका छन्।











