१६ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले महामन्त्री दिए सुनिल थापा पार्टी प्रवेश गर्ने



अ+ अ-

काठमाडौं । राप्रपाबाट राजीनामा बुझाएका पूर्वमहामन्त्री सुनिल थापा नेपाली कांग्रेसले महामन्त्री पद बनाएमा प्रवेश गर्ने बताएका छन् । नेता थापाले आफुसंगै सामुहिक राजीनामा दिएका आफ्ना केही नेतालाई केन्द्रीय सदस्य बनाउनुपर्ने माग राखेको स्रोतको भनाइ छ। 

शनिबार राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिलसहित ३१ जनाले राप्रपाबाट राजिनामा दिदै कांग्रेसमा प्रेवस गर्ने चर्चा चलेको थियो ।  
थापाले राप्रपामा गणतन्त्रको पक्षमा आवाज उठाउँदै आएका थिए। वैचारिक मतभेदका कारण उनी राप्रपा छाडेर कांग्रेस प्रवेशको तयारीमा जुटेका हुन्।

सभापति देउवालगायतले सहमहामन्त्री पद दिन सकिनेमा छलफल गरेका छन् तर टुंगो भइसकेको छैन।

थापा धनकुटा र भोजपुरको कार्यसमितिसहित केही केन्द्रीय सदस्य लिएर कांग्रेस प्रवेश गर्न लागेका हुन्।