१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

पृथ्वीनारायणः जनताको मनमा छन्, सरकारको आँखामा छैनन्

पृथ्वीनारायणः जनताको मनमा छन्, सरकारको आँखामा छैनन्
अ अ+ अ-

नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाह नै हुन् भन्नेमा कसैमा कुनै विमती छैन । आमनेपाली सबैले यस वस्तुतथ्यलाई स्वीकार गरेका छन् । विश्वका कुनै पनि मुलुकमा राष्ट्रनिर्मातालाई गरिने सम्मान, आदर र  प्रतिष्ठाको कुनै सीमा हुँदैन । उनीहरु देशको जग बसाउने, देश र जनताको पहिचान स्थापित गराउने तथा प्रगति र समृद्धिको मार्गमा देशलाई अघि लैजाने अटल दृढता र इच्छाशक्ति भएका स्तुत्य व्यक्तिहरु हुन् । समकालीन विश्वमा हामीले नियाल्ने हो भने जुनसुकै परिस्थितिबाट होस् राष्ट्रनिर्माणको अगुवाई गर्ने व्यक्तिहरुलाई त्यो राष्ट्रले सदैब उच्च सम्मान प्रकट गरेको देखिन्छ ।

छिमेकी मित्रराष्ट्र भारत र चीनकै उदाहरण लिउँ । भारतले अहिंसात्मक आन्दोलनका विशिष्ट महापुरुष महात्मा गान्धीलाई राष्ट्रपिताका रुपमा भारतले विशिष्ट सम्मान दिइरहेको छ । चीनले पनि आधुनिक चीन स्थापनामा विशिष्ट योगदान गर्नु भएका माओत्से तुङलाई उच्चकोटीको सम्मान दिइरहेको छ । अझ पर हेर्ने हो भने संयुक्तराज्य अमेरिकाले स्वतन्त्र अमेरिका बनाउने र संविधान मार्फत देशलाई जोड्ने महान कार्य गरेका जर्ज वासिङटन, थोमस जेफरसन जस्ता व्यक्तिलाई अमेरिकी स्वतन्त्रताका पिताका रुपमा लिइरहेको छ । दक्षिण अफ्रिकामा नेल्सन मण्डेलालाई राष्ट्रपिताका रुपमा स्मरण गरिन्छ । विश्वका कैयौं देशमा राष्ट्रनिर्माण र स्वतन्त्रताका प्रतिमूर्तिहरुलाई अनेक विधिबाट स्मरण र आदर गर्ने गरिएको पाइन्छ ।

नेपालमा भने राष्ट्रनिर्माता पृथ्वीनारायाण शाहको योगदान बारेमा विरोधाभाषपूर्ण भाष्य निर्माण गरिएको छ । गोरखाको सानो राज्यलाई बिस्तार गरेर एउटा विशाल नेपाल बनाउने सपना बोकेका पृथ्वीनारायण शाहले नेपाल राष्ट्र निर्माणको जग बसाउनु भएको सत्य हो, र त्यो घामझैं छर्लङ्ग छ । यससँगै भारतलाई उपनिवेश बनाइसकेको बेलायती सेनाको आक्रमणलाई पनि रोक्नु त्यसबखत चानचुने कुरा थिएन । भन्नै पर्छ, वीरता र पराक्रम बेगरको, कुनै अठोट बिनाको र जनताको समर्थन बेगरको राज्य विस्तार अभियानले आशातित परिणाम दिन सक्दैन । यो महान अभियानलाई सार्थक निष्कर्षमा पुर्याउन पृथ्वीनारायण शाहको चातुर्य, कौशल र पराक्रम सधैं स्मरणीय छ । राष्ट्र निर्माणको महान कार्यमा भएका कतिपय घटनाक्रमलाई अहिले झण्डै ३०० वर्षपछि भ्रम छर्ने किसिमले व्याख्या, विश्लेषण गर्न खोज्नु किमार्थ सुहाउने कुरा होइन । राज्य विस्तारजस्तो ठूलो कार्यमा हुन सक्ने एकाध घटनालाई उदाहरणका रुपमा प्रस्तुत गरेर पृथ्वीनारायण शाहलाई दोषी देख्नु मुर्खताबाहेक केही होइन ।

पृथ्वीनारायण शाहलाई हामी नेपालीले पृथ्वीजयन्तीका रुपमा मात्र होइन, राष्ट्रिय एकता दिवसका रुपमा पनि स्मरण गर्ने र मनाउने गरिआएका हौं । राष्ट्रनिर्मातालाई दलीय दृष्टिकोण र चस्माबाट हेर्ने प्रवृत्ति नै गलत छ । नेपाल राज्यको निर्माणका अग्रणी महापुरुषलाई सम्मान त स्वतः राज्यले गर्नुपर्ने हो जसमा राज्य नराम्रोसँग चुकेको छ । हामीले केही वर्षदेखिका सरकारहरुका कृयाकलापहरु हेर्ने हो भने ती दलहरु कुनै स्वार्थ समूहको लहैलहैमा लागेर यस्ता विशिष्ट व्यक्तिको योगदानलाई धुलिसात पार्न उद्यत देखिन्छन्, जुन आफैंमा दुर्भाग्यपूर्ण हो । राज्यका हर्ताकर्ता दलहरु मात्र होइन, स्वार्थप्रेरित एवं तथाकथित केही नागरिक समूह, लेखक र बुद्धिजीवीहरुले पनि पृथ्वीनारायण शाह विरोधी अतिरंजनापूर्ण अभिव्यक्ति दिइरहेको पाइन्छ ।

अहिले नेपाली जनमनले पृथ्वीनारायणको योगदानलाई स्मरण गरिरहेको छ, र हरेक वर्ष जनस्तरमा हुने कार्यक्रमहरु बढ्न थालेका छन् जुन आफैंमा एउटा सकारात्मक चेतको झल्को हो । कतिपय दलका केही नेताहरु र स्वतन्त्र व्यक्तिहरुले पृथ्वीनारायण शाहलाई राज्य र सरकारले पर्याप्त सम्मान नदिएकामा असन्तुष्टी प्रकट गरिरहेका छन् । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले सार्वजनिक विदा दिनुपर्ने माग दह्रो रुपमा उठिरहेको छ । अहिले राजनीतिक संक्रमणकालको अन्त्य भएर संविधान कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको अवस्थामा जनस्तरबाट उठेको यो आवाजलाई सरकारले बेलैमा सम्बोधन गर्नु बुद्धिमानी हुन्छ । भारतका राष्ट्रपिताका रुपमा रहेका महात्मा गान्धीमाथि पनि अनेक आरोप लगाउने गरिन्छ, र गान्धीका विचारबाट क्रुद्ध नाथुराम गोड्सेले गान्धीको हत्या समेत गरेका थिए । तर भारत सरकारले गान्धीलाई कहिल्यै अपमान गरेन, अझ बढी सम्मान दिएको छ । त्यही कारण, नेपालले पनि यस्ता सन्दर्भहरुलाई अध्ययन, चिन्तन र विचार गरी पृथ्वीनारायण शाहलाई यथोचित सम्मान दिन ढिला गर्नु हुँदैन ।

न्यूजपोलार संपादकीय