१६ असार २०८३, मंगलवार
,
Latest
पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता दोहामा वार्ताका लागि इरानले प्रश्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व संकलन तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच हजार रकम प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाबौद्धमा व्यवसाय गर्ने २ जनामा कोरोना पोजेटिभ, सम्पर्कमा आएकालाई परीक्षण गराउन सूचना जारी



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २७ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने २ जनामा कोरोना पोजेटिभ देखिएपछि वडा कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ । .

भारत स्थायी घर भइ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुई जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण सार्वजनिक सूचना जारी गरेको हो । वडा अध्यक्ष चिनियामान बज्राचार्यले जारी गर्नुभएको सूचनामा भनिएको छ, ‘‘भारत घर भइ गोसिफल डेरा गरी बस्ने महाबौद्ध गणेश मन्दिर नजिक पसल गरिरहेका धिरज शाह र रञ्जु शाहमा कोरोना पोजेटिभ देखिएकाले निजसँग संसर्ग हुने महानुभावले यथासिघ्र स्वास्थ्य परीक्षण गर्न अनुरोध ।’’

वडा कार्यालयले गणेशमन्दिर देखि महाबौद्ध स्तुपासम्मका व्यवसायीहरुको पीसीआर रिपोर्ट नआएसम्म सुरक्षाका उपाय अपनाउन पनि आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्य १८ हजार ६ सय १३ पुगेको छ । सरकारले साउन ७ गतेबाट लक डाउन खोलेको छ । अहिले सार्वजनिक सवारी समेत सञ्चालनमा आएका छन् । संक्रमणको जोखिमकाबीच लक डाउन खुला गरिएपछि उपत्यका लगायतका क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढेको छ । अहिलेसम्म देशभरी ३ लाख ४२ हजार ४ सय ५७ जना पीसीआर परीक्षण भएको छ । १३ हजार १ सय २८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।