१६ असार २०८३, मंगलवार
,
Latest
शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता दोहामा वार्ताका लागि इरानले प्रश्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व संकलन तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

निरज शाही र प्रधुम्न कार्की प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा



अ+ अ-

काठमाडौँ । नेपाल सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू निरज बहादुर शाही र प्रधुम्न कार्की प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेकाे छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाही र कार्कीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हाे । गृह मन्त्रालयले रिक्त दुई पदका लागि शाही र कार्कीको नाम सिफारिस गरेको थियो ।

यस्तै, मन्त्रीपरिषद बैठकले रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धिबहादुर केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सरकारले सहसचिव मधुकुमार मरासिनीलाई सचिवमा बढुवा समेत गरेको छ ।