१६ असार २०८३, मंगलवार
,
Latest
शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता दोहामा वार्ताका लागि इरानले प्रश्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व संकलन तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा स्थायी कमिटी बैठक आज बस्ने, बैठक माग गर्दै हस्ताक्षर सङ्कलन



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्ने तय गरिएको छ । लामो समयदेखि जारी राजनीतिक गतिरोधलाई मूर्त रूप दिन मंगलवार बैठक बस्न लागेको हो ।

नेकपामा पछिल्लो समयमा देखिएको आन्तरिक विवाद समाधान गर्न नेताहरूले केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर सङ्कलन अभियान पनि जारि गरेका छन् । 

हालसम्म सचिवालय तथा स्थायी कमिटीले पार्टीको विवाद समाधान गर्न नसकेकाले केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर सङ्कलन गरिएको केन्द्रीय समितिका सदस्य रामकुमारी झाँक्रीले बताउनुभयो । 

नेकपामा ४४४ केन्द्रीय सदस्य छन् । कुल केन्द्रीय सदस्यमध्ये २५ प्रतिशत अर्थात् एक चौथाइ केन्द्रीय सदस्यले बैठक माग गर्न सक्ने पार्टीको अन्तरिम विधानमा व्यवस्था छ । 

यसअघि केन्द्रीय समितिको बैठक माग गर्दै ठाकुर गैरे, लेखनाथ न्यौपाने, जगन्नाथ खतिवडा, डा. विजय पौडेल लगायतका नेता धुम्बाराहीमा धर्ना बस्नुभएको थियो । त्यति बेला स्थायी कमिटी बैठक सम्पन्न भए पनि केन्द्रीय समिति बैठक बोलाउने आश्वासन नेताहरूले दिनुभएको थियो ।

स्थायी कमिटी बैठकले निर्णय गर्न नसक्ने अनुमानपछि केन्द्रीय समिति बैठक माग गरिएको केन्द्रीय सदस्य लेखनाथ न्यौपानले बताउनुभयो ।