१६ असार २०८३, मंगलवार
,
Latest
शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता दोहामा वार्ताका लागि इरानले प्रश्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व संकलन तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा स्थायी कमिटीको बैठक अन्योलमा, बैठक अघि दुई अध्यक्षबिच छलफल हुने



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको जारी स्थायी कमिटी बैठक अन्योलमा परेको छ । लामो समयदेखि जारी राजनीतिक गतिरोधलाई मूर्त रूप दिन मंगलवार बस्ने भनिएको बैठक अन्योलमा परेको हो । 

यसैबिच प्रधानमन्त्री एबम नेपका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच बैठक अघि छलफल हुने भएको छ । अध्यक्षद्धय दाहाल ओलीबिच मंगलबार विहना ९ बजे प्रधानमन्त्री निवास बालुवाटार छलफल हुने भएको हो ।

बालुवाटार स्रोतका अनुसार समस्या समाधानका लागि दुई अध्यक्षबिच अहिलेसम्म भएका वार्तामा कुनै सकारात्मक संकेत देखिएको छैन ।

ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने प्रचण्ड–नेपाल समूहको माग तथा कुनै पनि पद नछोड्ने ओलीको अडानका कारण अहिलेसम्म सहमतिको सम्भावना देखिएको छैन । तर पार्टीका दोस्रो तहका नेताहरु सहमतिका लागि प्रयासरत रहेको बताउँछन् ।