१६ असार २०८३, मंगलवार
,
Latest
शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता दोहामा वार्ताका लागि इरानले प्रश्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व संकलन तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेलालाई बैठक नभनौं, बैठक मानिए पार्टी दुर्घटना हुन्छ- प्रचण्ड



अ+ अ-

काठमाडाैंः नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी ओली बिना बैठक बस्दा पार्टी दुर्घटनमा जाने भन्दै छलफललाई रोकेर सम्बाद गर्नुपर्ने बताउनु भएको छ । आज मंगलबार आह्वान गरिएको स्थायी समितिको बैठक औपचारिक रुपमा स्थगित भएपनि दाहाल र माधव कुमार नेपाल पक्षका नेताहरु बालुवाटारमा नै छलफलमा जुटेपछि दाहालले यस्तो बताउनु भएको हो ।

बालुवाटारमा नै अध्यक्ष ओलीसँग छलफल गरेपछि नेताहरूलाई बिफ्रिङ गर्दै दाहालले प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पार्टीको एकल अध्यक्ष जस्तो ठानेकाले समस्या उत्पन्न भएको बताउनुभयो ।  

अध्यक्ष दाहालले आजको छलफललाई बैठक भन्न नमिल्ने तर बैठक बस्नका लागि समझदारी गर्नुपर्ने बताउँदै दुर्घटना रोक्न बैठक रोक्नुपरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयाे, आजको छलफललाई  बैठक माने दुर्घटना हुन्छ ।त्यसैले अब पूर्ण बैठकका लागि गृहकार्य गरौँ ।

छलफलमा उपाध्यक्ष बामदेव गौतमले आफ्नो ६ बुँदे प्रस्ताव अगाडी सारेको जानकारी दिँदै केपी ओली ५ वर्ष नै प्रधानमन्त्री, प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउँदा  संकट समाधान हुने बताउनु भएकाे थियाे ।