काठमाडाैंः नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी ओली बिना बैठक बस्दा पार्टी दुर्घटनमा जाने भन्दै छलफललाई रोकेर सम्बाद गर्नुपर्ने बताउनु भएको छ । आज मंगलबार आह्वान गरिएको स्थायी समितिको बैठक औपचारिक रुपमा स्थगित भएपनि दाहाल र माधव कुमार नेपाल पक्षका नेताहरु बालुवाटारमा नै छलफलमा जुटेपछि दाहालले यस्तो बताउनु भएको हो ।
बालुवाटारमा नै अध्यक्ष ओलीसँग छलफल गरेपछि नेताहरूलाई बिफ्रिङ गर्दै दाहालले प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पार्टीको एकल अध्यक्ष जस्तो ठानेकाले समस्या उत्पन्न भएको बताउनुभयो ।
अध्यक्ष दाहालले आजको छलफललाई बैठक भन्न नमिल्ने तर बैठक बस्नका लागि समझदारी गर्नुपर्ने बताउँदै दुर्घटना रोक्न बैठक रोक्नुपरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयाे, आजको छलफललाई बैठक माने दुर्घटना हुन्छ ।त्यसैले अब पूर्ण बैठकका लागि गृहकार्य गरौँ ।
छलफलमा उपाध्यक्ष बामदेव गौतमले आफ्नो ६ बुँदे प्रस्ताव अगाडी सारेको जानकारी दिँदै केपी ओली ५ वर्ष नै प्रधानमन्त्री, प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउँदा संकट समाधान हुने बताउनु भएकाे थियाे ।











